News Portal

  • मध्यपुर थिमिमा प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ माघ २०७९
    ४०९ पटक
    मध्यपुर थिमिभक्तपुर, २५ माघ २०७९

    मध्यपुर थिमि नगरपालिकामा आइतबार शुरु भएको प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । विजयी विद्यार्थी र विद्यालयलाई नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा लगायतले पदक र प्रमाणपत्र वितरण गर्दै प्रतियोगिता सम्पन्न भएको हो ।

    बोडे माविमा पुरुष भलिबलको अन्तिम प्रतिष्पर्धा सकिए लगत्तै समापन कार्यक्रम गरिएको थियो । उक्त प्रतिष्पर्धामा नगदेशस्थित गणेश माविलाई पराजित गर्दै कौसलटारस्थित आदर्श जनप्रेमी मावि प्रथम हुन सफल भएको थियो । उक्त रोमान्चक प्रतिष्पर्धाको नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख बिजय कृष्ण श्रेष्ठ र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापा लगायतले प्रत्यक्ष अवलोकन गरेका थिए ।

    ३ तीन सम्म ७ विधामा संचालित प्रतियोगितामा ३२ विद्यालयका ७ सय ८० विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । सानोठिमी स्थित एसओएस बालग्रामले सर्वाधिक पदक हासिल गर्दै रनिङ्ग सिल्ड प्राप्त गर्न सफल भएको छ ।

    २४ विद्यालयले ट्रफी प्राप्त गरेका छन् भने ७ विद्यालय बिना ट्रफीमै चित्त बुझाउन बाध्य बनेका बताइका छ । प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथलेटिक्सतर्फ १५०० मिटर दौड छात्र/छात्रा, ३००० मिटर दौड छात्र/छात्रा, त्रिपलजम्प छात्र/छात्रा, सटपुट छात्र/छात्रा, हाइजम्प छात्र/छात्रा, लम्पजम्प छात्र/छात्रा, ज्याभलिन थ्रो छात्र/छात्रा, रिले दौड ४ गुणा ४०० मिटर छात्र/छात्रा, ४ गुणा १०० मिटर दौड छात्र/छात्रा, ८०० मिटर दौड छात्र/छात्रा र मार्सल आर्टतर्फ कराँते, उसु र जिम्न्यास्टिकमा प्रतिष्पर्धा भएका थिए ।

    प्रत्येक खेल र खेलका विभिन्न स्पर्धामा प्रथम, द्धितिय र तृतिय हुने खेलाडीहरुलाई पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। पहिलोपटक नगरपालिकाको आयोजनामा खेल्न पाउदा र पुरस्कार प्राप्त गर्दा विद्यार्थीहरु दंग देखिएका थिए ।

    मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले पहिलो पटक आयोजना गरिएको मध्यपुर थिमि नगरव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालय र विद्यार्थीहरुको सहभागी संख्याले नगरपालिकालाई हौसला प्रदान गरेको बताएका छन् ।

    उनीहरुले आजका बालबालिका नै भविष्यका कर्णधार भएका भन्दै नगरबाट उत्कृष्ट खेलाडी उत्पादन गर्न र विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउन यस्ता प्रतियोगिताहरु नगरपालिकाले निरन्तर सञ्चालन गर्दै जाने प्रतिवद्धता समेत प्रकट गरेका छन् ।

    जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले दिएको जानकारी अनुसार जिल्लाका तीन वटा नगरपालिकाले नगरस्तरीय प्रतियोगिता सम्पन्न गरेका छन् भने सूर्यविनायक नगरपालिकाले बिहीवारबाट प्रतियोगिता शुरु गर्ने बताइएको छ । उनले सबै नगरपालिकाले खेलकुदलाई महत्वका साथ् अघि बढाएको बताए ।

    राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो । वीरेन्द्र रनिङ शिल्डका रूपमा आयोजना हुनेगरेको यस प्रतियोगितालाई वि.स.२०६६ साल देखि राष्ट्रपति रनिङ शिल्डको रुपमा आयोजना गरिंदै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...