News Portal

  • भैंसे-भिमफेदी र हुमाने-फर्पिंङका साथै, सिस्नेरी-छैमले-दक्षिणकाली सडक २ महिनामा सम्पन्न गरिने : फागुनबाट यातायात अबरुद्ध

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २६ माघ २०७९
    ३६१ पटक
    भक्तपुर, २६ माघ २०७९

    भैंसे-भिमफेदी र हुमाने-फर्पिंग सडक खण्डको साथै, सिस्नेरी – छैमले – दक्षिणकाली खण्डमा २ महिनासम्म यातायात सेवा बन्द गर्ने निर्णय गरिएको छ । सडक निर्माणलाई तिव्रता दिदै २ महिनामै ती सडकको निर्माण सम्पन्न गर्ने उदेश्यले बागमती प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

    फागुन १ गतेबाट हेटौंडा-काठमाडौँका लागि वैकल्पिक सडकको रूपमा भिमफेदी -कुलेखानी -मार्खु चित्लाङ – थानकोटको कान्ति लोकपथ प्रयोग गर्ने निर्णय भएको मुख्यमन्त्री शालिकराम जमरकट्टेलका प्रमुख सल्लाहकार डिपी ढकालले जानकारी दिए ।

    हेटौंडाबाट काठमाडौ उपत्यका प्रवेश गर्ने सडक हेटौंडा-भिमफेदी-हुमाने- फर्पिंग सडकको भैंसे-भिमफेदी खण्ड, हेवी कलंकी-हुमाने खण्ड र हुमाने-फर्पिंग खण्डको सडक र कुलेखानी-सिस्नेरी-छैमले-दक्षिणकाली खण्डको निर्माणको कार्यलाई शीघ्र सम्पन्न गर्न मुख्यमन्त्रीको पहलमा सरोकारवालाहरुसहित बसेको बैठकले निर्माण कार्यलाई शिघ्र सम्पन्न गर्नेगरि निर्णय गरेको बताइएको छ ।

    बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठ, मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, प्रदेश सरकारका प्रमुख सचिब मुकुन्दप्रसाद निरौला लगायत सचिवहरु, कार्यालय प्रमुखहरुका साथै स्थानीय सरकार, यातायात ब्यवसायी, निर्माण व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।       बैठकले गरेका निर्णयहरू यस्ता छन् :

    १. भैंसे-भिमफेदी र हुमाने-फर्पिंग खण्डको काम पहिलो प्राथमिकतामा राखी सम्पन्न गर्ने । साथै, सिस्नेरी – छैमले – दक्षिणकाली खण्डको कामलाई पनि अघि बढाउने ।

    २. सडक निर्माणलाई तिव्रता दिन फागुन १ गतेबाट २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने । आवतजावत गर्न वैकल्पिक सडकको रूपमा हेटौंडाबाट काठमाडौँ जान भिमफेदी -कुलेखानी -मार्खु चित्लाङ – थानकोट र काठमाडौँबाट हेटौंडा आउन कान्ति लोकपथ प्रयोग गर्ने ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...