News Portal

  • फोटो राखेर ऋणीको बेइज्जत हुनेगरी सूचना जारी गर्न बैंकहरुमाथि बन्देज

    भक्तपुर, २७ माघ २०७९
    ३६४ पटक
    भक्तपुर, २७ माघ २०७९

    बैंक तथा वित्तीय सस्थाहरुले ऋण असुल गर्ने प्रयोजनका लागि ऋणीको फोटो राखेर सूचना प्रकाशित गर्न नपाइने व्यवस्था गरिएको छ । नेपाल राष्ट्र बैंकले ऋणीको फोटो राखेर सूचना प्रकाशित गर्न रोक लगाएको हो ।

    ऋण तिर्न आउने त्यसैगरी लिलामीको सूचना जारी गर्दा बैंकहरुले ऋणीको फोटोसहित तीनपुस्ते प्रकाशित गर्दै आएको र यसका कारण सम्पत्ती लिलामी संगै सामाजिक बेइज्जती भएको ऋणी र उनका परिवारले गुनासो गर्दै आएका थिए । प्रधानमन्त्री प्रचण्डले समेत यसबारे चासो लिएका थिए ।

    नेपाल राष्ट्र बैंकको नयाँ निर्देशनसंगै अब आज शुक्रबारबाटै बैंकहरुलाई यो काम गर्न बन्देज लगाइएको छ । नयाँ निर्देशन अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र बैंकहरुले खाता खोल्नुपर्नेछ । कालोसूचीमा रहेको व्यक्तिलाई खाता खोल्न बन्देज गरिएको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...