News Portal

  • दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी

    भक्तपुरपोस्ट संवाददाता  भक्तपुर, ३ फागुन २०७९
    ३८३ पटक
     भक्तपुर, ३ फागुन २०७९

    नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले ठूूला राजनीतिक दलहरुभित्र बिदेशी एजेन्टको दबदबा रहेको दावी गरेका छन् । ठूूला राजनीतिक दलहरुका २० नेतामा ५ जना बिदेशी एजेन्ट भएका उनले दावी गरेका हुन् ।

    ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष बिजेक्छेंले ती पार्टीका केन्द्रिय सदस्यहरुमध्ये यो अनुपातमा विदेशी एजेन्ट भएको जिकिर गरे । यही कारण नेपाली नेताहरु विदेशीका गुलाम जस्ता भएका र चुनाव अगाडि दिने वाचाहरु झुठा सावित हुने गरेका उनको भनाइ छ ।

    ठूला राजनीतिक दलहरुले चुनावमा राम्रै बाचा गरेर गएपनि विदेशीको इशारामा चल्नुपर्ने भएकाले चुनावमा वाचा गरेका विषयवस्तुहरु विदेशीले पूरा गर्न नदिने गरेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...