News Portal

  • मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन २०७९
    १६१५ पटक
     भक्तपुर, ९ फागुन २०७९

    नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाका पूर्वसभापति एवं शिक्षक नायक भुवन चरण श्रेष्ठले युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिएका छन् । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाले उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा आयोजित अन्तरक्रिया कार्यक्रममा महत्त्वपुर्ण भूमिकाबारे बताएका हुन् ।

    मध्यपुर थिमि उपशाखा अन्तर्गत ६ वटा विद्यालयहरुमा युवा रेडक्रस सर्कल र ४ नं. वडामा युवा रेडक्रस सर्कल रहेको जानकारी दिंदै श्रेष्ठले युवाहरुको सकारात्मक सोचको विकास, व्यक्तित्व विकास, रचनात्मक क्रियाकलापहरुको लागि युवा रेडक्रस सर्कल अनिवार्य रहेको बताए । युवा रेडक्रस सर्कल गठन पुर्नगठन प्रक्रिया र विधिको बारेमा समेत उनले प्रशिक्षण दिएका थिए ।

    कार्यक्रममा सहभागी शिक्षक नायक र युरेस अध्यक्षहरुले युरेस क्रियाशील गराउन उपशाखाको महत्वपूर्ण भूमिका रहने भएकोले अभिभावकत्व ग्रहण गरी सहयोग गर्न सुझाएका थिए ।

    उपशाखाका सचिव जीवन श्रेष्ठल युरेसलाई क्रियाशीलन बनाउन उपशाखाले अभिभावकत्व ग्रहण गरी विभिन्न क्रियाकलाहरु युरेस माफर्त संचालन गर्ने र विभिन्न गतिविधिहरुमा उपशाखा सहभागी भई सहयोग गर्ने र विभिन्न संघसंस्थासँग पनि सहकार्य गर्दै जाने प्रतिवद्धता जनाएका छन् ।

    अन्तरक्रिया कार्यक्रम स्थानीय जनआदर्श क्याम्पसमा सम्पन्न भएको हो ।

     

    प्रतिकृया दिनुहोस्

    परीक्षा नियन्त्रक शर्मालाई पितृशोक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई पितृशोक परेको...

    नेपालको समृद्धिका लागि बिआरआई महत्वपूर्ण

    चीनको महत्वपूर्ण विश्वव्यापी परियोजना बीआरआईमार्फत नेपालको समृद्धि सम्भव हुने राजनीतिज्ञहरुले बताएका छन् । फ्रेण्डसिप फोरम...

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन-२ सम्पन्न

    मिस एण्ड मास्टर लिटिल स्टार मदरल्याण्ड सिजन २ सम्पन्न भएको छ । भक्तपुरको सुर्यविनायक नगरपालिका...

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...