News Portal

  • बागमती प्रदेश सरकारले चालू खर्च कटौती गर्ने

    भक्तपुर, ९ फागुन २०७९
    १९० पटक
    भक्तपुर, ९ फागुन २०७९

    बागमती प्रदेश सरकारले चालू खर्च कटौती गर्ने भएको छ । आर्थिक संकट बाट बच्न प्रदेश सरकारले २३ प्रतिशतसम्म चालू खर्च कटौती गर्ने भएको हो ।

    प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले खर्च कटौती गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन्।

    अनिवार्य गर्नैपर्ने बाहेकका पदाधिकारी र कर्मचारी बैठक भत्ता, भ्रमण भत्ता, अतिरिक्त काम गरेबापत भत्ता जस्ता कार्यमा थप रकम माग नगर्ने र मुख्य सडक र व्यापारिक क्षेत्र आसपास घर आवास भाडामा नलिने मात्र नभई मन्त्रालय र कार्यालयमा खानेपानी पनि बोतलको नखाइ धारा वा जार प्रयोग गर्ने नीति लिइएको छ ।

    आर्थिक वर्ष २०७९।०८० को पहिलो ६ महिनामा प्रदेश सरकारको राजस्व संकलन सन्तोषजनक नहुनु, संघीय सरकारबाट प्राप्त हुने अनुदानको राजस्व परिचालन दर अनुमान भन्दा न्यून रहनु र प्रदेश सरकारको पुँजीगत खर्चको प्रगति न्यून हुँदा चालूतर्फको खर्च प्रतिशत उच्च रहँनु लगायतका कारण चालू खर्च कटौती गर्ने योजना बनाइएको मुख्यमन्त्रीका सल्लाहकार डिपी ढकालले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...