News Portal

  • आफ्नै गुरुले यातायात कार्यालय भवन निर्माणमा अवरोध गरेपछि पूर्वमन्त्री बस्नेत असन्तुष्ट

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ फागुन २०७९
    ७५१ पटक
    भक्तपुर, ९ फागुन २०७९

    वागमती प्रदेश सरकार मातहत रहेको यातायात व्यबस्था कार्यालय (सवारी चालक अनुमति पत्र) को आफ्नै भवन निर्माण कार्यमा अवरोध भएको भन्दै निवर्तमान सांसद एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले असन्तुष्टि व्यक्त गरेका छन । आफ्नै गाउँ गुन्डूस्थित हाके डांडामा निर्माण गर्न लागिएको सो कार्यालयको शुरुवातमै अवरोध भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

    कौशिल बस्नेत निर्माण सेवा प्रा.ली.ले २०७८ माघ २७ गते ठेक्का सम्झौता गरेपनि बिभिन्न कारणले रोकिएको भवन निर्माण कार्य सुरु गर्न माटो सम्याउन लाग्दा पुन अबरोध आएको हो । माटो सम्याउन लाग्दा जिल्ला समन्वय समितिले अबरोध गरेको बताइएको छ ।

    पूर्वमन्त्री समेत रहेका नेकपा एमालेका नेता बस्नेतले विगतमा पनि यातायात कार्यालय निर्माणमा अबरोध खडा भएको र अहिले पनि अबरोध आउन नहुने भन्दै कानून सम्बत कुरालाई कसैले रोक्न नहुने बताए । सूर्यविनायक क्षेत्रका प्रदेश सभा सदस्य एवं एमाले नेता किरण थापामगरले पनि प्रदेश सरकारले तत्काल भवन निर्माण कार्य अगाडि बढाउन जमिन सम्याउन निर्देशन दिए पछि काम सुरु भएको भन्दै जिम्मेवार निकायबाट भवन निर्माणमा अबरोध नभई सहयोग हुनुपर्ने प्रष्ट पारे ।

    गुन्डूमा निर्माण हुने भनिएको यातायात कार्यालयको काम रोकेको आरोप लागेको जिल्ला समन्वय समितिमा गुन्डूकै स्थानीय नेता प्रमुख रहेका छन् । त्यतिमात्र होइन, जिसस प्रमुख ईश्वरबहादुर थापा नेता बस्नेतका राजनीतिक गुरु समेत हुन् । कुनै जानकारी बेगर माटो बेच्न थालेपछि उनी आक्रोसित भएका बताइएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख ईश्वरबहादुर थापाले माटो तथा खानीको अनुगमन गर्ने निकाय आफ्नो मातहतमा रहेकाले जिससलाई जानकारी नै नगराई माटो झिक्ने र लैजाने काम गरेकाले रोकेको प्रतिक्रिया दिएका छन् ।

    जिसस प्रमुख थापाले फिल्डमै गएर काम रोकेको र जगाती बृत्तका डिएसपी राजकुमार श्रेष्ठलाई डोजर समातेर ल्याउन निर्देशन दिएका बताउदै उक्त क्षेत्रका वडाध्यक्ष एवं एमालेका स्थानीय नेता रविन्द्र सापकोटाले आपत्ति जनाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा घिमिरेले सरकारी कार्यालयको भवन निर्माणमा अवरोध गरेको नभई जमिनको माटो उत्खनन नियम संगत भए नभएको यकिन गर्न खोजिएको स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...