News Portal

  • भक्तपुरमा समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गरिने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० फागुन २०७९
    ५७१ पटक
    bhaktapur municipalityभक्तपुर, १० फागुन २०७९

    भक्तपुर नगरपालिकाले समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन समिति गठन गर्ने व्यवस्था गरेको छ । नगरसभा बैठकको भक्तपुर नगरपालिका, सहकारी नियमावली २०७९ सहित सर्वसम्मतिले पारित गर्दै यस्तो व्यवस्था गरिएको हो ।

    भक्तपुर नगरपालिकाको सहकारी ऐन २०७४ लाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न सहकारी नियमावली २०७९ ल्याइएको प्रष्ट पार्दै नगर प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित रुपले नाफाका लागि मात्र संचालित सहकारीलाई यसले नियमन र नियन्त्रण गर्ने दावी गरे । प्रमुख प्रजापतिले नगरभित्रका सहकारीहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराउन नियमावलीले सहयोग पुर्याउने र अनुत्पादक क्षेत्रमा लगानी गरी संकट उत्पन्न गर्नेलाई निरुत्साहित गरिने जानकारी गराए ।

    सो नियमावलीमा एकै वा फरक प्रकृतिका दुई वा दुईभन्दा बढी संस्था वा संघले अन्तर सहकारी सहयोगको भावनाले संयुक्त वा साझेदारीमा आप्mनो उत्पादन वा सेवाको बजारीकरणका लागि कारोबार, व्यवसाय, उद्योग वा परियोजना संचालन गर्न सकिने समेत उल्लेख गरिएको छ ।

    आज बसेको सभामा नियमावली माथि भएको छलफलमा सभासद्हरु रामसुन्दर बासी, पुरुषोत्तम तमखु र नारायणप्रसाद बासीले सञ्चालक समिति पदाधिकारीहरुको फोटो सहित स्पष्ट परिचय खुल्ने होर्डिङ बोर्डको व्यवस्था गर्नुपर्ने, सहकारी संस्थाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराउन ऐनमा बाध्यात्मक व्यवस्था गर्नुपर्ने,कालोसूचीमा रहेको ऋणीहरुलाई नगरपालिकाले दिने सुविधाबाट बञ्चित गर्नुपर्ने लगायतको सुझाव दिएका एक सहभागीले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...