News Portal

  • जग खन्ने क्रममा गयो ज्यान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ फागुन २०७९
    ६२९ पटक
    भक्तपुर, १४ फागुन २०७९

    भक्तपुरको मध्यपुर थिमि–१ लोहकिल्थलीमा घर बनाउन जग खन्ने क्रममा एक मजदुरको ज्यान गएको छ । छिमेकी घरको पर्खाल खस्दा गम्भिर घाईते भएका मजदुरको ज्यान गएको हो ।

    ज्यान गुमाउनेमा सुनसरी बराहक्षेत्र नगरपालिका ४ का २३ वर्षिय मञ्जय भनिने धर्मेन बिक रहेको प्रहरीको भनाइ छ । आइतबार तुलसीप्रसाद गौतमको घर बनाउन जग खन्ने क्रममा छिमेकी रामप्रसाद ओलीको पर्खाल एक्कासी लडेर जग खन्दै गरेका बिकको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी रहेका डिएसपी कुमार प्रसाद मैनालीले जानकारी गराए ।

    अचेत अवस्थामा बिकलाई बिहान करिब सवा ८ बजे थिमी वृत्तले उद्धार गरी उपचारका लागि नागरिक अस्पतालमा ल्याइपुर्याएको थियो । उपचारको क्रममै बिकको बिहान सबा १० बजे नै ज्यान गएको प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...