भक्तपुर प्रहरी परिसरले लागु औषध मुद्दाका फरार अभियुक्त पक्राउ परेको जनाएको छ । पक्राउ पर्नेमा हाल भक्तपुर नगरपालिका १ बस्ने २९ वर्षीय जेरी भन्ने जेनिश शिल्पकार हुन् ।
सम्मानित जिल्ला अदालत भक्तपुरले २०७४ जेष्ठ ३० गते उनलाई २ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय दिएका थिए । तर उनले एक महिना ९ दिनमा कैद भुक्तानी गरेर जरिवाना नतिरी फरार भएका थिए । हालसम्म फरार भएका शिल्पकारलाई मंगलबार साँगामा फेला परि कानून बमोजिम कारवाही गरेको डिएसपी कुमार प्रसाद मैनालीले जानकारी दिए ।
डिएसपी मैनालीका अनुसार शिल्पकारको १ वर्ष १० महिनाको कैद र एक लाख रुपैयाँ जरिवाना बाँकी रहेको छ ।