News Portal

  • ईन्टरपोलले सूचना दिएपछि बाल यौन दुरुपयोग अभियोगमा भक्तपुरबाट एक युवती पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २१ फागुन २०७९
    ३५९ पटक
    भक्तपुर, २१ फागुन २०७९

    भक्तपुरमा बाल यौन दुरुपयोग भएको घटना प्रहरीको अन्तराष्ट्रिय संगठनले सूचना दिएपछि एक युवती पक्राउ परेकी छन् । प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले दिएको सूचनाको आधारमा उनी पक्राउ परेकी हुन् ।

    भक्तपुर प्रहरीका अनुसार पक्राउ पर्ने युवतीको उमेर २१ वर्ष रहेको छ र उनले आफ्नै नाबालिका बहिनीसंग यौनजन्य गतिबिधि गरि बालयौन दुरुपयोग गरेको देखिएको छ । पिडितको गोप्यता खुल्ने हुँदा पहिचान खुलाइएको छैन ।

    आफ्नै नाबालिका बहिनीसँग यौनजन्य गतिविधि गरी सो को भिडियो खिची जीमेल मार्फत आफ्नो केटा साथीलाई पठाएपछि इन्टरपोलले त्यो पत्ता लगाएको थियो । उनी विरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन ईन्टरपोलको बालबालिका विरुद्धको अपराध युनिटले गत जेठमै नेपाल प्रहरीको इन्टरपोल शाखामा जानकारी दिएको भएपनि साइबर ब्युरोले प्रारम्भिक अनुसन्धान गरी शनिवार भक्तपुर प्रहरीलाई जानकारी गराएको थियो ।

    पक्राउ परेकी युवतीलाई भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर दरवार क्षेत्र प्रवेश गर्दा

    भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें ।...

    आजको राशिफल – बि.सं.२०८१ असोज ०६ गते आइतबार

    आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी,...

    हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले...

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे...

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...