News Portal

  • इडेन गार्डेनको १५ औं वार्षिकोत्सव सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २२ फागुन २०७९
    ४५३ पटक
    भक्तपुर, २२ फागुन २०७९

    इडेन गार्डेन अंग्रेजी स्कूलले एक विशेष कार्यक्रमका बीच १५ औं वार्षिकोत्सव मनाएको छ । बालकोट स्थित इडेन गार्डेन अंग्रेजी स्कूलले अभिभावक दिवस एवं बिबिध सास्कृतिक कार्यक्रम गरी आइतवार वार्षिकोत्सव सम्पन्न गरेको हो ।

    नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेशनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले बालबालिकाको सिकाइ सुधार्न अभिभावकको भूमिकामाथि प्रकाश पारेका थिए ।

    उक्त अवसरमा अनुशासित विद्यार्थी घोषणा गर्दै कक्षा ८ की आयुषा कार्की र कक्षा ६ को आयूष भण्डारीलाई पुरस्कृत गरिएको थियो भने, सरसफाईमा ध्यान दिएर चिटिक्क देखिने गरेका सूची थिङ्ग र आयन थापा मगर पनि पुरस्कृत भएका थिए । वर्षको सर्वोकृष्ट विद्यार्थीमा कक्षा ६ को शुविक्षा थापालाई पुरस्कृत गरिएको थियो ।

    कार्यक्रममा शिक्षकहरूको सम्मान र हौसलाका लागि दीर्घ सेवा तथा सर्वोकृष्ट शिक्षकमा आधारभूत तहको शिक्षक विजन श्रेष्ठलाई र दीर्घ सेवा सम्मानबाट पूर्व प्राथमिक तहकी शिक्षक सुमित्रा श्रेष्ठ सम्मानित भएकी थिइन् ।

    कार्यक्रममा सबै कक्षाका विद्यार्थीहरुले नृत्य, गीत, नाटक प्रस्तुत गरेर उपस्थित अतिथिका साथै अभिभावकहरुलाई आफ्नो कला कौसल प्रदर्शन गरि मनोरञ्जन प्रदान गरेका थिए ।

    विद्यालयका संस्थापक प्रिन्सिपल जयप्रकाश राईले जनाए अनुसार बि.स. २०६८ सालमा ३४ जना विद्यार्थीबाट संचालित विद्यालयमा हाल ८ सय १३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । प्रविधियुक्त र संस्कार सहितको शिक्षा भन्ने मूल नारा सहित संचालित यो विद्यालय भक्तपुरको एक नमूना विद्यालय बनाउने उद्देश्य सहित अघि बढिरहेको उनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...