News Portal

  • घरबहालमा भक्तपुरको नयाँ व्यवस्था : सम्झौता अनिवार्य पेश गर्नुपर्ने, कर नतिरे कारवाही

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ चैत २०७९
    २३८१ पटक
    भक्तपुर, १ चैत २०७९

    भक्तपुर नगरपालिकाले घर बहाल करमा कडाई गरेको छ । घर बहाल नबुझाउने घरधनीलाई दण्ड जरिबानाको कानुनी व्यवस्था गरी नगरपालिकाले घर बहाल करमा कडाई गरेको हो ।

    नगरप्रमुखको सचिवालयले जनाए अनुसार भक्तपुर नगरपालिकाले घर बहाललाइ व्यवस्थित गर्न निर्देशिका नै बनाएको छ । उक्त निर्देशिका १३ औं नगर सभाले पारित गरीसकेको र नेपाल सरकारको राजपत्रमा प्रकाशनका लागि पठाइएको सचिवालय सदस्य कीर्तिका प्रजापतिले प्रष्ट पारिन । राजपत्रमा प्रकाशित भएपछि निर्देशिका कार्यान्वयनमा आउने उनको भनाइ छ ।

    नगरपालिकाका कर अधिकृत प्रभाष कुमार चालिसेले निर्देशिका बनेको पुष्टि गर्दै सबै घरधनीलाई करको दायरामा ल्याइने दावी गरे । पहिलोपटक घर बहालको स्व घोषणाको मौका दिइने र कर तिर्न प्रोत्साहित गरिने उनले जानकारी गराए । बहालमा राखेको जानकारी नगराएका घरधनीले घर बहाल लगाएको अनुगमनका क्रममा भेटीए शुरु देखिकै कर असुली गरिने कर अधिकृत चालिसेले जानकारी गराएका छन् ।

    उनले घर बहाल करबाट  वार्षिक पांच करोड राजश्व असुलीको लक्ष लिइएको समेत बताएका छन् । घर बहालमा दिए वापत प्राप्त हुने रकमको १० प्रतिसत बहाल कर बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

    नयाँ नियमअनुसार घरबहालमा लगाउँदा दुवै पक्षबीच अनिवार्य रूपमा सम्झौता हुनुपर्ने र भाडामा दिने र लिने दुवै पक्षले सम्झौतापत्रको एक–एकप्रति राख्नुपर्नेछ । एक प्रति सम्बद्ध वडा कार्यालयमा बुझाउनुपर्ने र घर बहालमा लिने र दिनेको नाम थर, ठेगाना, नागरिकता नम्बर, परिचयपत्र नम्बर र मोबाइल नम्बर उल्लेख हुनुपर्ने छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्देशिकामा घर भाडामा लिनेदिने बीचको सम्झौता पत्र वडामा पेश गर्न अनिवार्य गरिएको जानकारी गराउदै यसबाट नगरको शान्ति सुरक्षाको अवस्था समेत मजबुद बन्ने तर्क गरे । त्यसैगरी जनसंख्याको सहि यकिन हुने हुँदा खानेपानी वितरण, फोहोर व्यवस्थापन, स्वास्थ्य र शिक्षा लगायत पूर्वाधार बिकासमा पनि यसले सहयोग मिल्ने उनले बिश्वास व्यक्त गरेका छन् । कर तिर्नेले तिरिरहने र नतिर्ने दायरामा नआउने अवस्था निर्देशिकाले अन्त्य गर्ने र सबैलाई कानुन समान रुपले आकर्षित हुने उनको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...