News Portal

  • नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्ड प्रसन्न

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २ चैत २०७९
    २१२ पटक
    भक्तपुर, २ चैत २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । बिहीबार खेलाडीलाई हौसला दिनका लागि मैदानमै पुगेका उनले जीत हासिल गरेपछि ट्विटरमार्फत बधाई दिएका हुन् ।

    ‘लिगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई बधाई ’ प्रचण्डले लेखेका छन् ।

    बिहीबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको खेलमा युएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोट चरणमा पुगेको हो । खेल डीएल मेथडमा निर्णय भए संगै नेपालले ९ रनले जीत निकाल्न सफल भएको थियो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ ।

    युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपाल जवाफी ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरिरहेको थियो ।नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो तर खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो । सोही ओभरमा युएईले बनाएको रन भन्दा नेपालले ९ रन बढी बनाएपछि नेपाललाई बिजेता घोषित गरिएको हो ।

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...