News Portal

  • अक्सफोर्डका विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ फागुन २०७९
    ६९४ पटक
    भक्तपुर, ८ फागुन २०७९

    भक्तपुर १ सल्लाघारीस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलले विद्यार्थी मार्ग निर्देशन, प्रतिभा पहिचान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका व्यवस्थापक राम दुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त अवसरमा प्रमुख अतिथि सगरमाथा आरोही प्रकाशराज पाण्डेले विद्यार्थीलाई आत्मविश्वास, सहकार्य र निर्देशनको पालना सम्बन्धी अभिमुखीकरण गरेका थिए । विद्यार्थीको शैक्षिक सफलता र व्यक्तित्व विकास एवं प्रतिभा पहिचान गर्न प्रतियोगितात्मक तरिकाले जीवनोपयोगी ज्ञान, सिप र धारणा विकास गराउन किताब र कक्षाकोठामा पढाउने भन्दा रमाईलो र सहज वतावरणमा भौतिक प्रतिभा प्रस्फुटन, रचनात्मक कार्य सँगै सृजनात्मक सोच र चिन्तन गर्नुपर्ने कुरामा जोड दिदै पाण्डेले आत्मविश्वास, सहकार्य र सकारात्मक सोच बाट सफलता प्राप्त हुने प्रष्ट पारे ।

    उनले सफलता हासिल गर्न आत्मविश्वास, सहकार्य र सही तवरले निर्देशनको पालना गर्नुपर्नेमा जोड दिए । जीवनको प्रत्येक घडीमा प्रयास, मेहेनत र अभ्यासलाई निरन्तरता दिनको लागि कक्षा ११ र एस.ई.ई मा सहभागी हुने विद्यार्थीहरुलाई उनले मार्ग निर्देशन समेत गरेका छन् ।

    रीस र आवेग विद्यार्थीका सत्रु भएको भन्दै उनले जीवनको चुनौती र समस्या नै सफलताको पहिलो अवसर भएको बताए । यसलाई सही समय र परिवेशमा प्रयोग गर्न सके सफलता प्राप्त हुने बिश्वास दिलाउदै उनले आफ्नो सफल सगरमाथा आरोहणको वृत्तचित्र समेत प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा प्रधानाध्यापक रवि दुवालले विद्यार्थीहरुको अन्तर्निहित क्षमता र प्रतिभा प्रस्फुटन गराउन यस्ताखाले कार्यक्रम आयोजना गरिएको भन्दै विद्यालयले विद्यार्थीलाई किताबी किरो मात्र नबनाइ सक्षम र सवल नागरिक वनाउने लक्ष लिएको बताए ।

    उक्त अवसरमा शिक्षक जीवन सुवालले प्रतिस्पर्धात्मक समाजमा विद्यार्थीहरुले हरेक क्षेत्रको बारेमा ज्ञान लिनुपर्ने र आफ्नो भविष्यको गन्तव्य पहिचान गर्न सक्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा हाजिरी जवाफ, टेबुल टेनिस, हिज्जे प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको संयोजक निराजन सिलवालले जानकारी गराए ।

    उक्त अवसरमा विद्यार्थीहरुले नृत्य, गायन र कविता वाचन समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...