News Portal

  • सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ चैत २०७९
    ११०४ पटक
    भक्तपुर, ११ चैत २०७९

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले यस पटक पनि निरन्तरता पाउने भएको छ । भक्तपुरको सल्लाघारीमा ‘सातौं औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने आयोजकले जनाएको हो ।

    चैत २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिनसम्म महोत्सवको आयोजना हुने शनिवार पत्रकार सम्मेलन गर्दै महोत्सवका संयोजक दीपक थापाले जानकारी गराएका हुन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना तथा भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव हुन लागेको छ ।

    भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी मैदानमा महोत्सव हुनेछ । महोत्सवमा २ सय भन्दा बढी स्टल रहने र सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्न,लत्ताकपडाहरुका साथै कृषि तथा हस्तकलाका सामाग्रीहरु, भाँडाकुडाका सामाग्रीहरु, ब्यापार र पर्यटन प्रवर्द्धन गर्ने स्टलहरु रहने संयोजक थापाले बताएका छन् ।

    स्टलमा बिक्री हुने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको समेत बताइएको छ ।

    महोत्सव करिब ५ लाख उपभोक्ताले अवलोकन गर्ने र स्टलहरुबाट करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जनाएका छन् । भक्तपुर ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्र भएको र मेलाले यसको प्रचारप्रसारमा समेत सहयोग हुने महतले बिश्वास व्यक्त गरे ।

    अध्यक्ष महतका अनुसार मनोरञ्जनका लागि महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको विशेष सांगीतिक प्रस्तुती रहने छ । त्यसैगरी बाल उद्यानमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कस, ड्रागन ब्रेक डान्स, नाउँ तथा बच्चाको खेलौना, कोलम्बस, जादु लगायतको आकर्षक व्यवस्था गरिएको व्यवस्थापक सुनिल बज्राचार्यले बताए ।

    मेला विशुद्ध ब्यापारिक उदेश्यले मात्र नभई सेवाको उदेश्यले संचालन गर्न लागिएको आयोजकको भनाइ छ । मेलामा एउटै छानामुनी उपभोक्ताले चाहेका हरेक सामाग्रीहरु छुट मूल्यमा उपलब्ध गराईनुका साथै ब्यापार, पर्यटन, मनोरञ्जन र सामाजिक सेवाका बिबिध कार्यक्रम गरिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...