News Portal

  • प्रधानमन्त्री प्रचण्ड शनिवार सूर्यविनायक आउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ चैत २०७९
    ४१२ पटक
    भक्तपुर, १८ चैत २०७९

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर आउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भएका हुन् ।

    नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा भक्तपुर आउने भएका उनका प्रेस बिज्ञ मनहरी तिमिल्सिनाले पुष्टि गरे । अध्यक्ष प्रचण्डले जिल्लास्थित नेताकार्यकर्तालाई राजनीतिक बैचारिक प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टीका जिल्ला समन्वय समिति भक्तपुर संयोजक सुनिल गोठे बासुले बताए ।

    सूर्यविनायकस्थित एक पार्टी प्यालेसमा प्रधानमन्त्री प्रचण्डले पार्टी अध्यक्षको हैसियतले जिल्ला समन्वय समितिका साथै  नगर समिति र जनवर्गीय संगठन समितिका पदाधिकारीलाई प्रशिक्षित गर्ने बताइएको छ ।

    अपडेट : शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भनिएको कार्यक्रम स्थगित भएको छ ।अचानक महत्वपूर्ण कार्य व्यस्तताका कारण उनी आउँन नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको पार्टीका जिल्ला समन्वय समिति भक्तपुर संयोजक सुनिल गोठे बासुले बताएका छन् ।

    ”प्रशिक्षणका लागि अध्यक्षको अनुकुल समय मिलाएर अर्को मिति तय गरिनेछ ।” संयोजक बासुले भने ।

    प्रतिकृया दिनुहोस्

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...