प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भक्तपुर नआउने भएका छन् । शनिवार दिउँसो उनी भक्तपुरको सूर्यविनायक आउने भनिएको कार्यक्रम स्थगित भएको छ ।
नेकपा(माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टी कामको सिलसिलामा शनिवार भक्तपुर आउने भएका थिए । अध्यक्ष प्रचण्डले जिल्लास्थित नेताकार्यकर्तालाई राजनीतिक बैचारिक प्रशिक्षण दिने कार्यक्रम रहेको थियो । अचानक महत्वपूर्ण कार्य व्यस्तताका कारण उनी आउँन नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको पार्टीका जिल्ला समन्वय समिति भक्तपुर संयोजक सुनिल गोठे बासुले बताए ।
”प्रशिक्षणका लागि अध्यक्षको अनुकुल समय मिलाएर अर्को मिति तय गरिनेछ ।” संयोजक बासुले भने ।