News Portal

  • आमाको विकल्पमा मावली

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ चैत्र २०७९
    १९८ पटक
     भक्तपुर, २४ चैत्र २०७९

    अठार वर्षभन्दा मुनिका नाबालिगको सङ्ख्या ९८ लाख ६९ हजार ५ सय ८३ छ ।

    जसअनुसार आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत एवं मावली र अन्य नातेदारसँग बस्ने बालबालिका ३.०० प्रतिशत छन् । आमाले अर्को विवाह गरेको अवस्थामा सौतेनी बाबुसँगै रहेका बालबालिकाको सङ्ख्या ०.१ प्रतिशत मात्र छ । सबैभन्दा धेरै आमासँगै रहेको देखिन्छ ।

    विभागले यसअघि बाबु पत्ता नलागेको खण्डमा आमाको नाम र थरबाट जन्मदर्ता गराउन सकिने परिपत्र २०७९ कात्तिक ३० गते गरेको थियो । आफ्नै निर्णयमा असर गर्ने गरी आएको नयाँ परिपत्रले महिलालाई फेरि पुरुषकै भरमा रहेको निरीह महिलाका रूपमा चरितार्थ गर्न खोजिएको आरोप अधिकारकर्मीहरूले लगाएका छन् ।

    केही सहजता हेर्ने बहानामा यो परिपत्रले ‘महिलाको आफ्नो थर हुँदैन’ भन्ने पुरानो पितृसत्तात्मक सोचलाई परिभाषित गर्न जोडबल गरेको वरिष्ठ अधिवक्ता डा. मीरा ढुङ्गानाले बताए । नेपालको संविधानले महिला र पुरुष दुवैलाई समान व्यक्तिका रूपमा अङ्गीकार गरेको अवस्थामा बाबुको सट्टा अर्को पुरुष व्यक्ति मामालाई सर्वोपरि मानेर मावलीको थर भनिएको दाबी उनको छ । नियमसङ्गत प्रक्रियालाई सहज बनाउने सोच भनिए पनि त्यसले थप असहज बनाउने दाबी उनको छ।

    पूर्वसांसद डा. डिला सङ्ग्रौलाले अहिलेको परिपत्र संविधानसम्मत नभएको औँल्याए । उनले भने, “बाबु नभए मावली भनेर महिलाको मातृत्व र पहिचान स्वीकार नगरी फेरि पितृत्व घुसाउन खोजिएको छ ।”

    पञ्जीकरण शाखाका निर्देशक नवराज जैसीले भने संविधानसम्मत रूपमा बालबालिकाले आफ्नो पहिचान पाउनुपर्ने मान्यतालाई व्यावहारिक सहजता दिन नयाँ परिपत्र गरिएको स्पष्ट परे । आमाको नाम र थरबाट यसअघि नै जन्मदर्ता गर्न सकिने परिपत्र भइसकेकामा यो नयाँ समस्या समाधानका लागि आएको उनले बताए । आमा, बाबुको विकल्प होइन भन्ने संवैधानिक सत्यलाई नकार्दै ‘मामाको घर’ अर्थात् ‘मावलीको थर’ भनेर स्पष्ट गरिनुका पछाडि कुनै खराब नियत नरहेको उनको भनाइ छ ।

    शब्दकोशमा बच्चाको आमाको विकल्पमा शब्द खोजी गर्दा ‘मावली’ शब्द भेटिएपछि त्यसैउपर लामो छलफलपछि पारित गरिएको बताए । बच्चाको ‘आमाको जन्मघर’ वा ‘माइती घर’लगायतका वैकल्पिक शब्दमाथि शाखाको ध्यान गएन । उनका अनुसार महिलाले अर्को विवाह गरेको खण्डमा जन्मदर्ता बन्न नसक्दा विद्यालय भर्ना हुन, बैङ्क खाता खोल्न, बिमा गर्न र सीमान्तकृत समुदायले पाउने सामाजिक भत्ता पाउन नसक्ने अवस्थालाई मावलीमार्फत सम्बोधन गर्न खोजिएको हो । गोरखापत्र दैनिक

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...