News Portal

  • प्रेस सेन्टर नेपाल चाँगुनारायण नगरपालिका शाखाको अध्यक्षमा आकाश

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ७ बैशाख २०८०
    ९४४ पटक
    भक्तपुर, ७ बैशाख २०८०

    प्रेस सेन्टर नेपाल, चाँगुनारायण नगरपालिका शाखाको कार्यसमिति पुनर्गठन गरिएको छ । आकाश गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो ।

    कमलबिनायकमा सम्पन्न नगर भेलाले गजुरेलको अध्यक्षतामा ५ सदस्यीय कार्यसमिति गठन गरेको सचिव कीर्ति खड्काले जानकारी गराइन । निवर्तमान अध्यक्ष भवनाथ गेलालको ब्यस्तताको कारण कार्यसमिति पुनर्गठन गरिएको जिल्ला सचिव मदन ढुङ्गानाले पुष्टि गरेका छन् ।

    उक्त अवसरमा नेकपा(माओवादी केन्द्र) का नगर अध्यक्ष नरेश खड्काले पार्टीको शुभेच्छुक संगठन हुनुको नाताले प्रेस सेन्टरले पार्टीलाई जनताबीच स्थापित गर्न प्रचारको मोर्चा सम्हाल्नुपर्ने बताए । चाँगुनारायणका जनताका समस्या समाधान गर्न समेत प्रेस सेन्टरमा आवद्ध पत्रकारले रचनात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

    त्यसैगरी प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष संजीप घिमिरे ‘शुभचिन्तक’ले महान सहिद कृष्णसेन इच्छुक लगायतले देखाएको जनपक्षीय पत्रकारिताको बाटोमा प्रेस सेन्टरका पत्रकारहरु हिड्नुपर्ने प्रष्ट पारे । जनताको शासन र जनताको पक्षमा भएका परिवर्तनको बिरुद्ध लाग्नेहरुको प्रतिरोध गर्न जनताका पत्रकार बैचारिक सेना भएर उभिनुपर्ने बताउदै उनले परिवर्तनलाई संस्थागत गर्दै बिकास, समृद्धि र सुशासनका लागि लामबद्ध बन्न प्रेरित गरेका थिए ।

    उक्त अवसरमा प्रेस सेन्टर नेपालका उपत्यका प्रदेश सचिव भिमराज खड्का, जिल्ला समन्वय समिति भक्तपुरका उपाध्यक्ष बाबुकाजी साछें श्रेष्ठ, सचिव मदन ढुङ्गाना, सहसचिव प्रदिप श्रेष्ठ र चाँगुनारायण नगर शाखाका निवर्तमान अध्यक्ष भवनाथ गेलालको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...