News Portal

  • एसीसी प्रिमियर कप : नेपाल र साउदी अरेविया भिड्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ बैशाख २०८०
    १८४ पटक
     भक्तपुर, ११ बैशाख २०८०

    एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैछन् । कपमा नेपालको यो तेस्रो खेल हो ।

    मुलपानी मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल साउदीसँग खेल्न लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

    समूह ‘ए’ मा रहेको नेपालले यसअघि दुवै खेलमा जित हात पारेको थियो । कीर्तिपुरमा नेपालले मलेसिया र ओमानमाथि जित हात पारेको थियो ।

    समूहको शीर्ष स्थानमा रहेको नेपालले आजको खेलमा जित हात पारे सेमिफाइनल पुग्नेछ ।

    नेपाल र साउदीबीच २०१२ पछि प्रतिस्पर्धा हुन लागेको हो । २०१२ मा अबुधावीमा एसिसी ट्रफीको खेलमा नेपालले ९ विकेटको जित हात पारेको थियो ।

    एक दशकपछिको साउदी टिममा निकै सुधार आइसकेको छ । साउदीले जारी प्रतियोगिताको पहिलो खेलमा कतारमाथि ७ विकेटको जित हात पारेको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...