News Portal

  • भक्तपुरमा आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १४ बैशाख २०८०
    ४१५ पटक
    bhaktapur municipalityभक्तपुर, १४ बैशाख २०८०

    भक्तपुर नगरपालिकाले आमाबुवा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाले एक कार्यक्रम गरी नगरभित्रका विद्यालयमा अध्ययनरत टुहुरा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

    उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मूख्य प्राथमिकतामा राखेको बताउदै आमाबुबाविहीन बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यलाई निरन्तरता दिइएको जानकारी गराइन । यस्ता बालबालिकालाई अनाथ महसुस हुन नदिन विद्यालयले उपयुक्त वातावरण बनाउनुपर्ने र शिक्षकशिक्षिकाहरुले मातृत्व र पितृत्व सहितको माया ममता दिनुपर्नेमा उनले जोड दिइन ।

    कार्यक्रममा बागीश्वरी मावि, सैनिक आवसीय मावि, शान्तिनिकेतन मावि, गणेश मावि, समाज सुधार आवि, भीम आदर्श आवि, बालमन्दिर आवि, बालसेवक आवि, सन्तति आवि र मिनर्वा ई. स्कूलका गरी कूल ५१ जना आमाबुबा गुमाएका बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।

    कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, वडा नम्बर ७ का वडाध्यक्ष उकेश कवां, नगरको समाज कल्याण समितिकी संयोजक रोशनमैंया सुवाल लगायतले आमाबाबु गुमाएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरुलाई पढाईमा हौसला र उत्साह प्राप्त हुने विश्वास व्यक्त गरे ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर दरवार क्षेत्र प्रवेश गर्दा

    भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें ।...

    आजको राशिफल – बि.सं.२०८१ असोज ०६ गते आइतबार

    आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी,...

    हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले...

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे...

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...