News Portal

  • नेपाल मानव अधिकार संगठन भक्तपुरमा सभापति मानन्धर तेस्रो कार्यकालका लागि निर्विरोध

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ बैशाख २०८०
    ४३२ पटक
    भक्तपुर, २१ बैशाख २०८०

    नेपाल मानव अधिकार संगठन भक्तपुरको नेतृत्वमा फेरिपनि रामकृष्ण मानन्धर निर्वाचित भएका छन् । तेस्रो कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

    संगठनको शुक्रवार कमलविनायकमा सम्पन्न १० औं सम्मेलनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । बन्द सत्रमा अरुको उम्मेदवारी नपरेपछि सभापतिमा रामकृष्णलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन संयोजक हरिराम लवजुले जानकारी गराए ।

    सभापति रामकृष्ण मानन्धरले प्रस्ताव गरेका उपसभापति लगायत १३ सदस्यीय कार्यसमितिलाई बन्द सत्रले निर्विरोध निर्वाचित गरेको नवनिर्वाचित कार्यसमिति सदस्य राजेश मान मानन्धरले बताइएका छन् । मानन्धर भक्तपुर पोस्टका ब्यवस्थापक समेत हुन् ।

    कार्यसमितिको उपसभापतिमा पशुपति भक्त राय, सचिवमा जेनीकिरण बासुकला,सहसचिवमा प्रेमिला प्रजापति र सरोज खोतेजा तथा कोषध्यक्षमा रामप्रसाद प्रजापति निर्वाचित भएका छन् ।

    त्यसैगरी नवनिर्वाचित सदस्यहरूमा राजेशमान मानन्धर, राम बैद्य, बिष्णु खड्का, संजय गसी श्रेष्ठ, निलु प्रजापति, काशीराम प्रजापति र राजेश भोयद्यो रहेका छन् ।

    सम्मेलनको उद्घाटन सत्रमा संगठनका उपत्यका संयोजक  रोबिन सिंह बस्नेत, केन्द्रीय सदस्य रचना श्रेष्ठ त्यसैगरी जिल्लाका सल्लाहकार द्वय श्यामसुन्दर धौभडेल र बिश्वमोहन जोशी लगायतको आतिथ्यता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...