News Portal

  • अमेरिका पठाइदिने भन्दै ठगी गरेको अभियोगमा भक्तपुरका बास्तोला पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २४ बैशाख २०८०
    ३३९९ पटक
    भक्तपुर, २४ बैशाख २०८०

    अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुरबाट एक ब्यक्ति पक्राउ परेका छन् । चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोला पक्राउ परेका हुन् ।

    आइतबार दिउँसो बास्तोलालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको हो । बास्तोला समेतले मिली १ सय जनालाई वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा पठाइदिने प्रलोभन दिई ठगी गरेको आरोप छ । बिदेशका प्रतिष्ठित कम्पनीहरूमा ४ लाख रूपैयाँ बढी तलबमा काम लगाइने भन्दै प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार बिभागबाट प्रहरीलाई पत्राचार गरिएको थियो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नगरकोटको बास्तोलालाई भक्तपुरको भक्तपुरको दरबारस्क्वायरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर दरवार क्षेत्र प्रवेश गर्दा

    भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्दा मैले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाको गहिरो अनुभव गरें ।...

    आजको राशिफल – बि.सं.२०८१ असोज ०६ गते आइतबार

    आजको राशिफल बि.सं.२०८१ असोज ०६ गते आइतबार ई.सं.२०२४ सेप्टेम्बर २२ नेपाल सम्बत ११४४ ञंलागा पञ्चमी,...

    हाली ग्ह्वालीलाई सांसद दुर्लभ थापाको साथ

    सूर्यविनायक-५ सल्लाघारीमा गठन गरिएको हाली ग्ह्वाली समूहलाई सधैं साथ दिने प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले...

    शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व

    शिक्षा पत्रकार समूहमा निर्जला कक्षपतिको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । शिक्षा पत्रकार समूहकाे...

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...