News Portal

  • चाँगुनारायणको प्रमुख प्रशासकीय अधिकृतमा पन्थी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ बैशाख २०८०
    ४७६ पटक
    भक्तपुर, २८ बैशाख २०८०

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबाट सरुवा भई सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका भक्तपुर निवासी प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी पुन गृह जिल्ला फर्किएका छन् । मध्यपुर थिमि बाट बाह्रबिसे पुगेको करिब ७ महिनामै भक्तपुरको चाँगुनारायण नगरपालिकामा सरुवा भएपछि उनले कार्यभार सम्हालेका हुन् ।

    नगर प्रमुख जीवन खत्रीको नेतृत्वमा रहेको नगरपालिकामा एक विशेष कार्यक्रमका बीच बुधवार उनलाई स्वागत गरिएको हो भने सरुवा भएका हिरामणी सुवेदीको बिदाइ समेत सम्पन्न भएको छ । सुवेदी करिब ८ महिने बसाइपछि सिंहदरवार स्थित राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भइ गएका छन् ।

    उक्त स्वागत तथा बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खत्रीले राष्ट्र सेवक कर्मचारीले सेवालाई सेवाग्राही मैत्री बनाए मात्र स्थानीय सरकार सफल हुने र जनताले घर आगनमै आफ्नो सरकार भएको अनुभूति गर्न सक्ने बताए ।

    प्रमुख प्रशासकीय अधिकृत पन्थीले स्थानीयले अनुभव गर्ने गरी सुशासन कायम गरिने र चाँगु नारायणको बिकासमा थप योगदान दिने प्रतिवद्धता प्रकट गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पन्थी भक्तपुरको सूर्यविनायक-५ का बासिन्दा हुन् । निर्वाचन कार्यालय भक्तपुरमा समेत लामो समय कार्यालय प्रमुख रहेका पन्थीको जिल्लाका सबै राजनीतिक दलसंग राम्रो सम्बन्ध रहेको छ भने आफ्नो सरल स्वभाव र मिलनसार ब्यवहारका कारण उनी स्थानीय माझ पनि लोकप्रिय रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...