News Portal

  • भक्तपुर मालपोत वरिपरि सफाइ अभियान शुरु

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २९ बैशाख २०८०
    ३८५ पटक
    भक्तपुर, २९ बैशाख २०८०

    भक्तपुर २९ बैशाख २०८० । भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले सरसफाइ कार्यक्रमको सुरुवात गरेको छ । महिनाको अन्तिम शुक्रवार नियमित सरसफाइ गर्ने उद्देश्यले अभियान सुरुवात गरिएको हो ।

    शुक्रवार  भुमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख लोक बहादुर भणडारीले सफाइ अभियान शुरु गरिएको घोषणा गरेका हुन् । कार्यालय परिसर फोहोर हुँदा कार्यालय प्रति सकारात्मक सोच पैदा नहुने भएकोले सफाइलाई अभियानकै रुपमा अघि बढाइएको भण्डारीको भनाइ छ ।

    सेवाग्राहीको बढी चाप हुने कार्यालय भएको हुँदा सरसफाइमा बढी ध्यान दिनुपर्ने बताउदै पार्किङ समस्याको समाधान गर्नका निमित्त भक्तपुर नगरपालिकासङ्ग समन्वय भैरहेको समेत उनले बताए ।

    बाहिरी बाताबरण मात्र स्वच्छ बनाउने नभई कार्यालय भित्र पनि सेवा प्रवाहका क्रम्मा हुने अनियमितता नियन्त्रण गरिएको उनको दावी छ । “मालपोत भन्ने बित्तिकै नाक खुम्च्याउने मानिसलाई वाह ! भन्ने वातावरण बनाउदैछौ ।” कार्यालय प्रमुख भण्डारीले भने ।


    सरसफाइ कार्यक्रममा भक्तपुर मालपोतका साथै नापी कार्यालयका प्रमुख नापी अधिकृत रबिन्द्र सापकोटा लगायत ३० कर्मचारीको उपस्थिति रहेको मालपोत कार्यालय भक्तपुरका कर्मचारी बिजयराम बनमालाले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...