News Portal

  • भक्तपुरमा भिषण आगलागी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३१ बैशाख २०८०
    १००५ पटक
    भक्तपुर, ३१ बैशाख २०८०

    भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित चुनदेवीमा भिषण आगलागी भएको छ । बेलुकी ७ बजे देखि लागेको आगो नियन्त्रणमा आएको छैन ।

    चुनदेवीको एक फर्निचर गोदाममा आगलागी भएको जुद्ध वारुण यन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्कीले जानकारी गराएका छन् ।

    कार्कीले जानकारी गराए अनुसार कार्यालयका ३ दमकल सहित काठमाडौं र ललितपुर बाट समेत दमकल आएर आगो निभाउने क्रम चलिरहेको छ । आगलागी भैरहदा आकाश बाट वर्षा भएपनि आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

    अग्नि नियन्त्रकहरुबाट प्रहरी, सेना र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण प्रयास भैरहेको जिल्ला प्रहरी वृत्त जगातीका डिएसपी राजकुमार श्रेष्ठले जनाएका छन् । केही घन्टामै आगो पूर्ण नियन्त्रणमा आउने उनले बताएका छन् ।

    अपडेट : चुनदेवीस्थित फर्निचर गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ । आगो निभाउन गरिएको ६ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको हो । राति करिब १ बजे आगो निभाउन सफल भएको जुद्ध बारुण यन्त्र कार्यालयका प्रमुख लोकबहादुर कार्कीले जनाएका छन् । आगलागीबाट फर्निचर लगायत लाखौको धनमाल जलेर नष्ट भएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...