News Portal

  • ख्वप अस्पतालमा प्रसुती सेवा शुरु, शल्यक्रियाबाट पहिलो शिशु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ४ जेठ २०८०
    ५३३ पटक
    khopa hospitalभक्तपुर, ४ जेठ २०८०

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले प्रसुती सेवा शुरु गरेको करिब २ सातामा पहिलो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले बिहीवार प्रसुती गराउने क्रममा शल्यक्रिया सेवा प्रदान गरेको हो ।

    भक्तपुर ७ गोल्मढीकी एक महिलालाई शल्यक्रियामार्फत प्रसुती सेवा प्रदान गरिएको ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्लले जानकारी दिएका हुन् ।

    उनका अनुसार डा. युजिन श्रेष्ठ र डा. कृष्णप्यारी दुगुजुको टोलीले शल्यक्रिया गरेको थियो भने शल्यक्रियामा एनेस्थेसियोलोजिस्ट डा. सन्देश ख्वान्जु, बाल रोग विशेषज्ञ डा. विजय चिकंबन्जार, स्टाफ नर्सहरू रबिना कवां, गीता सुवाल, सोनी जोशी र रिचा कोजुलगायतको सहभागिता रहेको थियो । बच्चा र आमादुबैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

    ख्वप अस्पतालमा प्रसुती सेवा सञ्चालन भएसँगै गर्भावस्थाको चिकित्सकीय सेवा लिन सजिलो भएको छ । प्रसुतीको लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले उद्घोष गरेको छ । ख्वप अस्पताल सञ्चालनको २ वर्ष पुगेको अवसरमा अस्पतालले २०८० वैशाख १७ गतेबाट प्रसुति सेवा विस्तार गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...