News Portal

  • भक्तपुरको दुधपाटीस्थित लिटिल वर्ल्ड स्कूलमा चुनावबाट चुनिए विद्यार्थीका प्रतिनिधि

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ जेठ २०८०
    १६४४ पटक
    little world school bhaktapurभक्तपुर, ६ जेठ २०८०

    भक्तपुरको दुधपाटीस्थित लिटिल वर्ल्ड इङ्ग्लिस स्कूलमा विद्यार्थीका प्रतिनिधि चुनिएका छन् । निर्वाचन प्रक्रियाबाट विद्यालयमा विद्यार्थी प्रतिनिधि चुनिएका हुन् ।

    नयाँ शैक्षिक सत्र २०८० को लागि शुक्रबार सम्पन्न निर्वाचनले विद्यालयका कप्तान, उप कप्तान सहित विभिन्न सदनका लागि कप्तान र उप कप्तान्‌ समेत चुन्ने काम सम्पन्न भएकाे विद्यालय संचालक समितिका अध्यक्ष प्रकाश दुवालले जानकारी दिए । शुक्रबार मतदान सम्पन्न भएपछि शनिवार मतगणना सम्पन्न गरिएको थियो ।

    निर्वाचन अधिकृतको कार्यालय, मतादाता नामवली रुजु गर्ने निर्वाचन अधिकारीहरु,गोप्य मतदान गर्ने स्थल, मतपत्र र मतपेटिका लगायतको संरचना तथा तयारीले राष्ट्रिय निर्वाचनकै झल्को दिएको देखिन्थ्यो । निर्वाचनमा कक्षा ६ देखि कक्षा १० सम्म विद्यार्थीले विभिन्न पदका लागि उम्मेदवारी दिएका थिए भने कक्षा ३ देखि १० सम्मका सम्पूर्ण छात्र तथा छात्राले मतदान गरेका प्रिन्सिपल जगेबुले जनाएका छन् । निर्वाचनमा करिब ४ सय विद्यार्थी सहभागी भएका थिए ।

    निर्वाचन प्रणालीवाट आफ्ना प्रतिनिधी छनोट गर्दा प्रजातान्त्रिक हुने र यस क्रममा अवलम्बन गरिएका प्रक्रियाले विद्यार्थीहरूलाई निर्वाचन सम्बन्धि व्यवहारिक ज्ञान तथा सिप प्रदान हुने भएकोले निर्वाचन कार्यक्रम गरिएको निर्देशक एवं सामाजिक शिक्षक भुपाल श्रेष्ठको भनाइ छ । विद्यार्थीहरुलाई निर्वाचन तथा मतदानकाे प्रत्यक्ष अनुभव गराउने उद्देश्यले राष्ट्रिय निर्वाचन जस्तै गरि एकसाताको निर्वाचन कार्यतालिका सार्वजनिक गरि सम्पूर्ण प्रक्रिया पुरा गरिएको उनले बताए ।

    शुक्रवारको मतदानका लागि अघिल्लो शुक्रवार देखि नै विद्यार्थी निर्वाचन प्रक्रियामा सहभागी भएका थिए । समर्थक र प्रस्तावक सहित उमेरदवारी दर्ता, प्रचारप्रसार, घरदैलो कार्यक्रम सहित मतदान, मतगणना र परिणाम घोषणा सम्म आइपुग्दा विद्यालयका विद्यार्थीहरु दंग देखिन्थे ।

    निर्वाचनबाट बिजयी विद्यार्थी प्रतिनिधिले विजय जुलुस निकाल्दा प्रतिस्पर्धी विद्यार्थीले स्वागत र बधाई ज्ञापन गरेका थिए । प्राप्त मतपरिणाम अनुसार विद्यालय कप्तानमा कक्षा १० की छात्रा प्रसीमा थापा निर्वाचित भएकी छन् भने उप कप्तानमा कक्षा ८ की हिमानी श्रेष्ठ निर्वाचित भइन ।

    त्यसैगरी ब्लु हाउसमा दिवान थापा र निर्जल कार्की, ग्रिनहाउसमा प्रतिक थापा र आयुष यादव, रेड हाउसमा अधिका थापामागर र सक्षम घिमिरे तथा एल्लो हाउसमा बिनिसा मल्ल र तनुज श्रेष्ठ क्रमस कप्तान र उप कप्तान निर्वाचित भएका छन् ।

    निर्वाचन प्रक्रियाबाट कुनै पनि पद‌मा चयन हुँदा विद्यार्थीहरुमा स्वच्छ प्रतिष्पर्धाको संस्कार विकास हुने विश्वास व्यक्त गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख नरेन्द्र न्यौपानेले विद्यालयले निर्वाचन गराएकोप्रति खुशी व्यक्त गरेका छन् । निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मतपेटिकाको व्यवस्था गरिदिएको थियो ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...