News Portal

  • बजेटले प्रदेशप्रति अपनत्व पैदा गर्न सक्नुपर्नेमा सांसद श्रेष्ठको जोड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ११ जेठ २०८०
    ४२४ पटक
    भक्तपुर, ११ जेठ २०८०

    बागमती प्रदेश सभाकी सदस्य भुवनकेशरी श्रेष्ठ भावनाले प्रदेश सरकारले प्रदेशको अस्तित्व अनुभूत हुनेगरी बजेट ल्याउन सक्नुपर्नेमा जोड दिएकी छन् । प्रादेशिक संरचना प्रति जनतालाई बितृष्णा हुनु नहुने बताउदै उनले प्रदेशप्रति अपनत्व पैदा हुनेगरी बजेट ल्याउन सक्नुपर्नेमा जोड दिएकी हुन् ।

    बिहीवार प्रदेश सभाको वर्षे अधिवेशनमा बजेट बिनियोजन बिधेयक २०८० को सिद्धान्त र प्राथमिकताको विषयमा बोल्दै नेकपा(माओवादी केन्द्र) की नेतृ समेत रहेकी भक्तपुरकी सांसद श्रेष्ठले प्रदेश सरकारको बजेटले जनतामा प्रदेश प्रतिको धारणा बन्ने बताइन् । बजेट व्यवहारिक, बस्तुवादी र जनमुखी हुनुपर्ने प्रष्ट पार्दै उनले प्रदेश संरचनाको बिरोध गर्नेहरु बोल्न नसक्ने गरी जनताका अपेक्षा र आवश्यकतालाई बजेटले सम्बोधन गर्नुपर्ने सुझाव दिएकी छन् ।

    उनले वित्तीय शिक्षाको अभावमा वित्तीय अनुशासन कायम हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै विशेषगरी सहकारी संस्था टाट पल्टने र भाग्ने समस्या बढेको र जनताको बचत जोखिममा परेको प्रदेश सभालाई जानकारी गराइन् । जनतालाई वित्तीय शिक्षा दिंदै बचत सुरक्षाबारे ज्ञान बाढ्न र आर्थिक अनुशासनलाई मजबुद बनाउने व्यवस्था मिलाउन प्राथमिकतापूर्वक बजेट बिनियोजन गर्नुपर्ने उनले बताइन् ।

    संघीयताले स्थानीय तहलाई स्थानीय पाठ्यक्रम बनाउने अधिकार दिएपनि स्थानीय उत्पादन चिनाउन र बढाउँन पहल नभएको भन्दै उनले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी त्यसको पहल लिन बजेट व्यवस्था गर्नुपर्ने बताइन । उनले तीन खम्बे अर्थनीति अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रको संयुक्त लगानीको लागि वातावरण बनाइनु पर्ने पनि बताइन ।

    त्यसैगरी पहिचानसहितको एकीकृत बस्ती बिकासमा जोड दिदै उनले विशेषगरी तामाङ्ग र नेवार बस्तीको पहिचानका लागि सास्कृतिक एवं पर्यटन प्रबर्द्धनको दृष्टिले समेत बजेट व्यवस्था गर्न माग गरिन ।

    सांसद श्रेष्ठले प्रदेशले आम्दानीका लागि उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिंदै आम्दानीका श्रोतहरु सुनिश्चित गर्नुपर्ने समेत सुझाव दिएकी छन् ।

    प्रतिकृया दिनुहोस्

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...