News Portal

  • मिडियाले पनि खोल्यो आईपिओ,३५ लाख कित्ता शेयर निष्काशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २६ जेठ २०८०
    ३२५ पटक
    भक्तपुर, २६ जेठ २०८०

    नागरिक राष्ट्रिय दैनिक र रिपब्लिकाको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । आज जेठ २६ गतेदेखि कम्पनीले आईपिओ बिक्री खुला गरेको हो ।

    सर्वसाधारणका लागि ३५ लाख २५ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको कम्पनीले जनाएको छ । जेठ ३० गतेसम्म आवेदन दिन सकिने बताइएको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ सय कित्ताको लागि आवेदन दिनु पर्ने छ । यसका लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता, कम्पनीका कर्मचारीलाई १ लाख ७४ हजार १ सय २० कित्ता शेयर, र सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर पनि कम्पनीले बाँडफाँड गरिसकेको छ ।

    नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले प्रति शेयर १ सय रुपैयाँको दरले कुल ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...