News Portal

  • गणतान्त्रिक खेलकुद महासंघले उचाल्यो राष्ट्रब्यापी भलिबल प्रतियोगिताकाे उपाधि

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० जेठ २०८०
    ३०० पटक
    भक्तपुर, ३० जेठ २०८०

    सूर्यविनायकमा सम्पन्न राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधि गणतान्त्रिक खेलकुद महासंघले उचालेको छ।
    ओखलढुंगाको लिखु टिमलाई ३-१ काे सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेकाे हाे ।

    पहिलाे सेट २१-२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन सेटमा २५-२०, २५-१९ र २५-२२ ले जित निकालेको हो ।
    त्यसैगरी आयोजक ओम सृजनशीलले भने सान्त्वनामै चित्त बुझाउन बाध्य बनेको छ । प्रतियोगितामा आयोजक ओम श्रृजनसिल समाजको टिमलाई पाखा लगाउँदै न्युटन एकेडेमीले तेस्रो स्थान हाँसिल गरेपछि सान्त्वनामै चित्त बुझाउन बाध्य बनेको हो ।

    सूर्यविनायक नगरपालिका-४ हर्ष चौकमा आयोजित प्रतियोगिताकाे उपाधि जित्ने टिमले ५० हजारसहित ट्रफि पाएको छ । दोस्रो हुनेले २५ हजार, तेस्रो हुनेले १५ हजार र सान्त्वना लाई समेत १० हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।

    प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमकाे सहभागिता रहेकाे थियो । प्रतियोगितालाई सूर्यविनायक नगरपालिकाको सहयोग रहेको थियो ।

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य किरण थापाले प्रतियोगितामा प्रथम हुने ने महासङ्घलाई नगद रु ५० हजार, ट्रफी, मेडल, प्रमाणपत्र, दोस्रो हुने लिखु–६ ओखलढुङ्गालाई नगद पुरस्कार रु २५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र, तेस्रो हुने न्यूटन एकेडेमीलाई रु १५ हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सान्त्वना हुने ॐ सिर्जनशील समाजलाई रु १० हजार, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

    त्यस्तै प्रतियोगिताको फाइनल खेलमा महासङ्घका खेलाडी विष्णु बस्नेतले म्यान अफ दि म्याचको उपाधि पाउनुभयो भने बेस्ट स्पाइडरमा महासङ्घकै समित श्रेष्ठ, बेष्ट ब्लकरमा महासङ्घकै सन्तोष रानामगर, बेष्ट सेटर महासङ्घकै मनोज घिमिरे, बेष्ट लिब्रोको उपाधि लिखु–८ का सन्दीप थापा र बेष्ट सर्भर न्यूटन एकेडेमीका धिरजकाजी बस्नेतले उपाधि हात पारे ।

    सो अवसरमा प्रदेशसभा सदस्य थापाले खेलमा दर्शकदीर्घाको आकर्षण र सहभागिता देख्दा यहाँ भलिबल खेलका लागि आवश्यक खेलमैदान निर्माण गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । त्यस अवसरमा जिल्ला खेलकुद विकास समिति भक्तपुरका प्रमुख दीपक थापा, सूर्यविनायक–४ का वडाध्यक्ष लछुराम न्यौपाने, कार्यक्रमका सभापति एवं आयोजक समाजका अध्यक्ष अर्जुन केसीलगायतले भलिबल खेलमैदानको आवश्यकतालाई सङ्घ, प्रदेश र स्थानीय सरकारले पूरा गर्न लाग्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा गएर भलिबल खेलमा उत्कृष्टता हासिल गर्ने खेलाडी धिरजकाजी बस्नेत र विष्णु बस्नेतलाई प्रदेशसभा सदस्य थापाले सम्मान गरेका थिए । आयोजक समितिका संयोजक पेशल आचार्यले प्रतियोगितामा आठ जिल्लाका १० समूहको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितालाई विभिन्न सहयोग पुर्याउने दाता एवं सहयोगीलाई सम्मान एवं प्रशंसापत्र प्रदान गरिएको थियो ।
    –––

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...