News Portal

  • अक्सफोर्डमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० जेठ २०८०
    ४५१ पटक
    भक्तपुर, ३० जेठ २०८०

    भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अक्सफोर्ड प्राक्टिकल स्कूल/कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एस.ई.ई. परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न भएको हो ।

    उक्त अवसरमा शिक्षण अरुको लागि र सिकाई आफ्नै लागि भएको भन्दै अक्सफोर्ड प्राक्टिकल स्कूलका अध्यक्ष राम दुवालले विद्यार्थीहरुको सुन्दर भविष्य उनीहरुको सुन्दर सपना र त्यसलाई प्राप्त गर्ने सही मार्गमा निर्भर रहने बताए । अथक मेहेनत, परिश्रम र चुनौतीहरुलाई सकारात्मक तवरले सामना गर्ने क्षमतावान् विद्यार्थीको सपना मात्र पुरा हुने कुरामा जोड दिंदै उनले सपना देख्न मात्र नभई पूरा गर्न पनि प्रेरित गरेका थिए ।

    कार्यक्रममा जिल्ला प्याब्सनका अध्यक्ष तथा नवरत्न स्कूलका प्रिन्सिपल सुरेन्द्र श्रेष्ठले विद्यार्थीहरु विदेशका लागि नभई स्वदेशमै उच्च शिस्खा दिक्षा हासिल गरी देश, समाज र परिवारलाई साथ र सहयोग दिनुपर्नेमा जोड दिए । सफलताको शिखरमा चढ्नु भन्दा पहिले आवश्यक सम्पूर्ण तयारी पूरा गर्नुपर्ने प्रष्ट पार्दै उनले आफूले कुन विषय पढ्ने र कहाँ पढ्ने भन्ने विषयमा विद्यार्थीले सहि निर्णय लिन सुझाव दिए ।

    सोहि कार्यक्रममा अक्सफोर्ड प्राक्टिकल स्कूलका +२ इन्चार्ज निराजन सिलवालले सिटिभिटीको प्राविधिक शिक्षाको कार्यक्रम तथा यसको विविध पक्षहरुको बारेमा प्रष्ट पारेका थिए । उनले प्राविधिक तथा व्यवसायिक सिपयुक्त शिक्षा तथा नैतिक एवं बैज्ञानिक सस्कारयुक्त ज्ञानको अभावमा जीवन अघि बढ्न नसक्ने बताए । आफ्नो योग्यता र क्षमताको विकास गरी सही गन्तब्यमा पुग्न नविनतम सोच, चिन्तन र विश्लेषणको आवश्यकता औल्याउदै उनले विद्यार्थीले आफूसंग भएको बिशिष्ठ क्षमता प्रष्फुटन गर्न \सक्नुपर्नेमा जोड दिंदै त्यसका लागि आवश्यक मार्गनिर्देश गरेका थिए ।

    सोही कार्यक्रममा जीव विज्ञानमा उमेश काजी मानन्धर, भौतिक विज्ञानमा सचिन मानन्धर, इन्जिनियरीङ तर्फ सुजिन मानन्धर र व्यवस्थापन तर्फ राम प्रसाद मानन्धरले सम्बन्धित विषय वस्तु, क्षेत्र, महत्व बारेमा विद्यार्थीहरुलाई जानकारीका साथै अभिमुखिकरण गरेका थिए ।
    कार्यक्रमका सहभागी श्री प्रज्जल मगरले भने- “हिजोसम्म कुन विषय र कहाँ पढ्ने निर्णय लिन सकिएको थिएन अव निर्णय लिन सजिलो भयो ।”

    कार्यक्रममा आफना् भनाई राख्दै अक्सफोर्ड प्राक्टिकल स्कूलका प्रिन्सिपल रवि दुवालले विद्यार्थीहरुले अरुको लहैलहैमा नलागी रुचि, क्षमता र चाहना अनुसारको विषय लिई पढ्नुपर्नमा जोड दिए । ”कसैको दबाव र प्रभावका पछाडि लागेर विषय रोज्नु भनेको आफूलाई नै असफल बनाउनु हो ।” उनले भने ।

    अक्सफोर्डमा +२ म्यानेजमेन्ट, कम्प्यूटर साइन्स, होटेल म्यानेजमेन्ट र मानविकीका विभिन्न विषयहरुको पढाइ हुने हुनाले विद्यार्थीको मनोविज्ञान आफूहरुले बुझ्दै आएको बताउदै उनले विद्यार्थीले विद्यालय, परिवार र देशले उनीहरुमाथि गरेको अपेक्षा बुझेर अध्ययन गरे विद्यार्थी मात्र मात्र नभई देशकै भविष्य उज्वल हुने दावी गरे ।

    जिल्ला मानन्धर युवा संघको आयोजनामा सम्पन्न कार्यक्रमको सभापतित्व उत्तम मानन्धरले गरेका थिए भनेउक्त कार्यक्रममा संयोजक रामदेवी मानन्धर र न्हुछे रत्न मानन्धरले पनि विद्यार्थीले सहि बाटो पकड्न अपनाउनुपर्ने सावधानीबारे सुसूचित गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...