News Portal

  • भक्तपुरमा नयाँ सवारी खरिद गर्नेको आफ्नो निजी पार्किङ्ग हुनुपर्ने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ६ असार २०८०,
    ७१०६ पटक
    sunil prajapati mayor bhaktapur nagarभक्तपुर, ६ असार २०८०,

    भक्तपुर नगरपालिकाले निजी पार्किङ्ग नहुनेलाई सवारी साधन खरिदमा निरुत्साहन गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि नै लागू हुनेगरी निजी सवारी खरिद गर्न निजी पार्किङ्ग हुनुपर्ने नीति ल्याइएको हो ।

    बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सुनिल प्रजापतिले नयाँ सवारीसाधन खरिद गर्न चाहने नगरबासीले निजी पार्किङ्ग व्यवस्था गर्नुपर्ने बताए । सम्बन्धित पक्षसंग समन्वय गरी सो नीति लागू गरिने उनको भनाइ छ ।

    ८८ बुँदे नीति तथा कार्यक्रमको अन्तिम बुँदामा यो व्यवस्था गरिएको हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले उद्घाटन गरेको १४ औं नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सुनिल प्रजापतिले बिजुक्छेंले कल्पना गरेको भक्तपुरको सपना साकार पारिने बताए । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, सांस्कृतिक नगर र जीवित सङ्ग्रहालयको रुपमा विकास गर्ने जिकिर गर्दै नगर प्रमुख प्रजापतिले सबै नगरबासीको आफूहरुलाई साथ् र सहयोग प्राप्त हुने बिश्वास व्यक्त गरेका छन् ।

    त्यसैगरी नगरपालिकाले उपयुक्त पोखरीलाई पौडी पोखरी बनाउने पनि नीति लिएको छ । नगरपालिकाले ताइचिन च्युरा, जुजु धौ, भादगाउँले टोपी लगायत स्थानीय बस्तुलाई ब्राण्डिङ्ग र बिस्तारको नीति लिएको छ ।

    नगरपालिकाले युवालाई आत्मनिर्भर बनाउन बिभिन्न प्राविधिक एवं ब्यवसायिक तालिम तथा रोजगारीका लागि लोकसेवा र शिक्षक सेवा आयोगका कक्षाहरु संचालन गर्ने समेत बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...