News Portal

  • चाँगुनारायणले सडक संजाल बनाउने र विद्युतीय सवारीसमेत चलाउने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ असार २०८०
    ९७२ पटक
    jivan khatriभक्तपुर, ९ असार २०८०

    चाँगुनारायण नगरपालिकाले सबै वडासंग जोडिने सडक संजालमा जोड दिएको छ । शुक्रवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा ९ वटै वडा कार्यालय देखि नगर कार्यापालिका कार्यालय सम्म जोड्ने सडक संजाल बनाइने उद्घोष गरिएको हो ।

    यातायातमा सुगमता नदेखिएको चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सडक संजाललाई उच्च प्राथमिकतामा राखी निर्माण कार्य अघि बढाउने बताए । उनले सबै वडाका मूख्य सडक लाई कालोपत्रे/पक्की बनाइने नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

    कृषी उत्पादन र पर्यटन प्रवर्द्धनको आधारमा सडक निर्माण गर्ने नगरपालिकाको नीति रहेको छ ।

    सडक निर्माणमा मात्र नभई यातायातका सवारी संचालनमा समेत नीति तथा कार्यक्रममा स्पष्ट पारिएको छ । सार्वजनिक यातायात प्रणालीलाई सुद्रिढ र व्यवस्थित बनाउन उपत्यकाका अन्य स्थानीय तहसंग समन्वय, सहकार्य र साझेदारी गरी एकीकृत सार्वजनिक यातायात योजना कार्यान्वयनका लागि पहल गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

    सडक निर्माण र यातायातका साधन आवागमनमा अवरोध गर्नेलाई निरुत्साहनको नीति लिदै नगरपालिकाले द्रुत मार्गका साथै खासाङ्ग खुसुङ्ग खोला र घट्टेखोलामा नयाँ करिडोर निर्माण अघि बढाउने नीति लिएको छ ।

    त्यसैगरी स्थानीय व्यवसायीको साझेदारीमा विद्युतीय सवारी साधन संचालनका लागि पहल गरिने समेत नगर प्रमुख खत्रीले नीति तथा कार्यक्रम मार्फत सार्वजनिक गरेका छन् । विद्युतीय सवारी संचालन गर्न सके प्रदुषण पनि नहुने र बस्तीबस्तीमा यातायात सुविधा पुर्याउन सकिने नगरपालिकाले बिश्वास लिएको छ ।

    तस्वीर : आशिष पौडेल

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...