News Portal

  • भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १३ असार २०८०
    ३९५ पटक
    भक्तपुर, १३ असार २०८०

    भक्तपुरमा मुकुण्डो बनाउने तालिम शुरु भएको छ । बुधवारदेखि तालिम शुरु भएको हो ।

    नेपाल हस्तकला महासंघको सहयोग र भक्तपुर हस्तकला संघको आयोजनामा बुधवार शुरु भएको तालिम १२ दिन सम्म चल्ने आयोजकले जनाएको छ । उक्त १२ दिने मुकुण्डो बनाउने तालिममा १५ जना प्रशिक्षार्थीहरू सहभागी रहेको छन् ।

    तालिमलाई एक कार्यक्रमका बीच प्रमुख अतिथि नेपाल हस्तकला महासंघका केन्द्रीय सदस्य एवं भक्तपुर हस्तकला संघका निर्वतमान अध्यक्ष गणेशमान राजचलले उद्घाटन गरेका थिए । प्रमुख अतिथि राजचलले हरेक व्यक्तिलाई जीवनयापन गर्नको लागि कुनै न कुनै सिप सिक्नु अनिवार्य रहेकोमा जोड दिंदै सीप सिकेका व्यक्तिहरू भोकै मर्नु नपर्ने जिकिर गरे ।

    भक्तपुर हस्तकला संघका अध्यक्ष शम्भु श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा संघका कोषाध्यक्ष एवं प्रशिक्षक सागर चित्रकारले स्वागत मन्तब्य राखेका थिए भने संघका सचिव राजेन्द्र नापितले कार्यक्रम सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...