News Portal

  • प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउने खेलमा लागेका एमाले नेता ढुङ्गेलको आरोप

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १४ असार २०८०
    २४३ पटक
    भक्तपुर, १४ असार २०८०

    भक्तपुर । नेकपा एमालेका केन्द्रिय सदस्य एवं बागमती प्रदेश सरकारका पूर्वमन्त्री कैलाश ढुंगेलले वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जसरी पनि सत्ता टिकाउने खेलमा लागेका बताएका छन् । सरकारका कामकारबाही सत्ता टिकाउन केन्द्रीत रहेको उनले आरोप लगाएका हुन् ।
    एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा पार्टी निकट नेपाल खेलकुद महासंघ भक्तपुर शाखाले विहिवार आयोजना गरेको वाकथुन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ढुंगेलले सत्तापक्षले सबैतिर गठबन्धन गरेर एमालेलाई एक्ल्याउन खोजेको टिप्पणी गरे । “गाउँमा खानेपानी समितिदेखि माथीसम्म गठबन्धन गरेर एमालेलाई हराउने अभियान चलाइएको छ ।” उनले भने ।
    आजपनि मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद नै उत्कृष्ट सिद्धान्त भएको भन्दै उनले मदन भण्डारीको आदर्श र बिचारले माझिएका नेता कार्यकर्ता रहुन्जेल एमालेलाई सबै शक्ति मिलेपनि बिचलित बनाउन नसक्ने बताए ।
    कार्यक्रममा एमाले जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले भक्तपुर पार्टी जननेता मदन भण्डारीले देखाएको बाटोमा अघि बढ्ने बताए । उक्त अवसरमा जिल्ला कमिटीका सचिव मोहनवीर श्रेष्ठ, चाँगुनारायण नगरकमिटीका अध्यक्ष राम तिमल्सिना, मध्यपुरथिमिका सुर्यलाल श्रेष्ठ, भक्तपुरका अध्यक्ष मदन देउलालगायतको उपस्थिति रहेको थियो । नेपाल खेलकुद महासंघ भक्तपुरका अध्यक्ष अनन्त वैद्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।                                                                                                                                 कार्यक्रम अघि वाकथुन नपुखुबाट सुरु भएर सल्लाघारीहुदैं एमाले जिल्ला पार्टी कार्यालय सूर्यविनायक पुगेर सभामा परिणत भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...