News Portal

  • कृषीलाई विशेष प्राथमिकता दिनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ असार २०८०
    २५६ पटक
    durlab ropaiभक्तपुर, १५ असार २०८०

    भक्तपुर क्षेत्र नं. २ का सांसद दुर्लभ थापाले कृषीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल कृषिप्रधान देश भनिए पनि व्यवहारमा कृषी पेशा उपेक्षामा परेको बताउदै सांसद थापाले पेशाको सम्मान र व्यवसायीकरणका लागि कृषीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् ।

    राष्ट्रिय धान दिवसको अवसरमा शुक्रवार मध्यपुर थिमिको कमेरोटारमा आयोजित रोपाईं महोत्सवमा सांसद थापाले शहरीकरण र आधुनिकीकरणका नाममा खेतवारी र पेशा जोखिममा पर्दा पनि देश उत्पादनमा परनिर्भर बन्नु परेको बताए ।

    त्यसैगरी किसानले सहज तरिकाले मल पाउन नसक्नु र उनन्त बिउविजन र कृषी यन्त्र उपलब्ध गराउन नसक्नुका कारण पनि सोचेजति उत्पादन गर्न नसकिएको उनको भनाइ छ । ”यी सबै दायित्व सरकारले पुरा गर्नुपर्छ ।” उनले प्रष्ट पारे ।

    उनले संसदमा सबै दलका नेताहरुले समस्या पोख्ने तर समाधानका उपायका बारेमा छलफल नै नहुने गरेको गुनासो गर्दै संसद समाधान खोज्ने भन्दा समस्या थुपार्ने थलोको रुपमा मात्र प्रयोग भैरहेको अनुभव सुनाए ।

    सांसद थापाले भक्तपुर हिजो अन्नको भण्डार भएको र अझैपनि तरकारीमा आत्मनिर्भर रहेको भन्दै अन्नबाली र तरकारी आयात गर्नुपर्ने परिस्थिति अन्त्यको अगुवाई भक्तपुरले गर्नसक्ने बिश्वास ब्यक्त गर्दै तीनै तहका सरकारको ध्यानाकर्षण समेत गराए ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...