News Portal

  • भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा ४१ वर्षीय प्रजापति पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असार २०८०
    ५६६९ पटक
    jagati police rangeभक्तपुर, १६ असार २०८०

    भक्तपुरमा आफ्नै काकाको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । भक्तपुर नगरपालिका-९ सूर्यमणी बस्ने ४१ वर्षीय न्हुछें प्रजापतिलाई प्रहरीले पक्राउ गरेको हो ।

    न्हुछेंले कुटपिट गर्दा गम्भीर घाइते भएका ८१ वर्षीय उनका काका कृष्ण बहादुर प्रजापतिको सोही दिन उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएपछि पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका-७ महेश्वरी खेलमैदानबाट घटना भएको दिन बिहीवार नै पक्राउ गरेको जिल्ला प्रहरी वृत्त जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

    सम्पत्तीको विषयमा बिबाद गरी ४१ वर्षीय न्हुछेंले सूर्यमढीस्थित घरमा हिडडुल समेत गर्न नसक्ने ८१ वर्षीय उनका आफ्नै काका कृष्ण बहादुरलाई कुटपिट गर्दा ज्यान गएको देखिन आएको डिएसपी श्रेष्ठले बताए । न्हुछेंलाई जगाती वृत्तमा राखिएको छ । जिल्ला अदालत भक्तपुरबाट म्याद थप गरि थप अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...