News Portal

  • वर्षाले रोक्न सकेन सानोठिमीमा भैरहेको रोजगार मेलाको आकर्षण

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असार २०८०
    ३७२ पटक
    भक्तपुर, १६ असार २०८०

    सानोठिमीस्थित आदर्श माविमा मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको वृत्ति मार्गदर्शन एवं रोजगार मेलामा विद्यार्थी र युवाको उल्लेखनीय आकर्षण देखिएको छ । विद्यार्थी र बेरोजगार युवा लाभान्वित हुने भनेर प्रचार गरिएको यस मेलाको आकर्षणलाई वर्षाले समेत रोक्न सकेको छैन ।

    शनिवार बिहान वर्षाकै बीच उद्घाटन गरिएको मेलामा सहभागीहरु छाता ओढेरै आइरहेका छन् । साथीहरुको समूह बनाएर विद्यार्थी र युवाले मेलामा राखिएका स्टलहरु अवलोकन गरिरहेका छन् ।

    विद्यार्थीहरुले प्राविधिक तथा व्यवसायिक तालिमबारे बढी चासो राखेका देखिन्छन भने बेरोजगारलाई रोजगार दिन भनेर राखिएका स्टलहरु पनि भरिभराउ छन् ।

    मेलामा विभिन्न व्यवसाय, उद्योग र कम्पनीहरुले नगर भित्रका धेरै युवालाई उनीहरुको योग्यता अनुसार रोजगारी दिने नगर प्रमुख सुरेन्द्र श्रेष्ठले जनाएका छन् । मेलामा विद्यार्थी र बेरोजगार युवाका लागि मात्र नभई सन्तानको उज्जवल भविश्य चाहने अभिभावकहरु, नगरका बुद्धिजीवी र समाजसेवी लगायतको समेत सहभागीता रहेकाले आफूहरुलाई उत्साहित बनाएको उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताए ।

    रोजगारको खोजीमा रहेका युवा र वृत्ति बिकास खोजिरहेका विद्यार्थीहरुलाई वृत्ति मार्ग निर्देशन गर्ने तथा उनीहरुको भेट रोजगारदाता र सेवा प्रदान गर्ने सरकारी एवं गैह्र सरकारी निकायहरुसंग गराउने मुख्य उद्धेश्यका साथ मध्यपुर थिमि नगरपालिकाले “वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला” आयोजना गरेको हो । मेलालाई ईन्स्योर परियोजना र हेल्भाटासले प्राविधिक सहयोग गरी सघाएका छन् भने ३७ स्टलबाट मेलामा आएकाहरुलाई सेवा प्रवाह गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...