News Portal

  • आइतवार प्रधानमन्त्री प्रचण्डसंगै देशका कम्युनिष्ट पूर्व प्रधानमन्त्री पनि ठिमीमा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १६ असार २०८०
    ३२१ पटक
    भक्तपुर, १६ असार २०८०

    प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार बिहान मध्यपुर थिमिमा आउने भएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नारायण बिलाश जोशीको स्मृति भवनको उद्घाटन तथा प्रतिमा अनावरणको लागि प्रधानमन्त्री प्रचण्ड मध्यपुर थिमि आउने भएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डको प्रमुख आतिथ्यता रहने उक्त समारोहमा पूर्व कम्युनिष्ट प्रधानमन्त्रीहरु क्रमस नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिस्ठ नेता झलनाथ खनालको पनि विशेष आतिथ्यता रहने नारायण बिलाश जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष तथा बागमति प्रदेशका कृषि बिकास मन्त्री राजेन्द्र मान श्रेष्ठले जानकारी दिएका छन् ।

    कम्युनिष्ट पार्टीका सस्थापक नेता नारायण बिलाश जोशीको ३४ औ स्मृति दिवासको अवसर पारेर आइतवार जोशीको स्मृतिमा मध्यपुर थिमि वडा न ४ मा निर्माण सम्पन्न स्मृति भवन र सोही परिसरमा जोशीको पुर्ण कदको प्रतिमा अनावरण गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

    नारायण बिलाश जोशी कम्युनिष्टहरुले आदरले शीर निहुराउने नेता हुन् । नेपाल कम्युनिस्ट पार्टीका स्थापना हुँदा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ रहेका थिए भने अन्य संस्थापक नेताहरुमा नारायण विलास जोशी, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतिदेवी श्रेष्ठ रहेका थिए ।

    नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले सामान्तवाद, दलाल–नोकरशाही पूँजिवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य राखेको थियो । पार्टीका सस्थापक हुनुको नाताले जोशीले कम्युनिष्ट आल्दोलन उठाउन गरेको योगदानको कम्युनिष्टहरुले उच्च मूल्यांकन गर्ने गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...