News Portal

  • गुण्डुमा स्कुटी दुर्घटना : बुवाको मृत्यु, छोरी सामान्य घाईते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १७ असार २०८०
    ६१८ पटक
    भक्तपुर, १७ असार २०८०

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डु तिनधारेमा स्कुटी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बुवाछोरी सवार स्कुटी दुर्घटना हुँदा स्कुटी चालक रहेका ४५ वर्षीय बुवाको ज्यान गएको हो ।

    गए राति करिब ९ बजे पाण्डुबजार तर्फ आँउदै गर्दा बा. ९३ प. ५८८१ नं.को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । ज्यान गुमाउने स्कुटी चालक भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारका ४५ वर्षीय कृष्ण कुमार त्वाटी हुन् ।

    गम्भिर घाईते भई उपचारको लागि सल्लाघारीस्थित डा. ईवामुरा स्मृती अस्पताल लगिएकोमा उपचारकै क्रममा करिब साढे ९ बजे उनको ज्यान गएको प्रहरीले जनाएको हो । स्कुटी पछाडि सवार उनकी छोरी बर्ष १९ की अनिता त्वाटी सामान्य घाईते मात्र रहेकी र उपचार पश्चात उनको डिस्टार्च भईसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं डिएसपी बसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको उनको भनाइ रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    बालकोटबाट नेता फरार

    नेकपा एमाले दोलखाका एक नेता फरार भएका छन् । एक युवतीले प्रहरीमा जबरजस्ती करणीको जाहेरी...

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...