News Portal

  • भक्तपुरमा दिनदहाडै लाखौँको धनमाल चोरी

    केतिक्षा बस्नेत भक्तपुर, २० असार २०८०
    २८६० पटक
    भक्तपुर, २० असार २०८०

    भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ तेर्साटारमा दिनदहाडै लाखौँको धनमाल चोरिएको छ । मंगलवार दिउँसो करिव साढे १२ लाख रुपैंया बराबरको धनमाल चोरी भएको हो ।

    स्थानीय राजन ढुंगेलको घरको भुईंतल्लामा डेरा गरी बस्ने दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३१ वर्षिया श्रीजना बस्नेतको कोठाबाट सो धनमाल चोरी भएको छ । बिहान करिव १० बजे काममा गएकी बस्नेतले राती ८ बजे कोठामा फर्कदा मात्र चोरी बारे थाहा पाएकी थिइन् ।

    बिहान १० बजेदेखी राती ८ बजेको बीचमा बस्नेतको कोठाको मुलढोकाको ताला फोडी भित्र प्रवेश गरेको समूहले दराज र दराजभित्रको सेफ समेत फोडी चोरी गरेका देखिएको प्रहरी प्रभाग सानोथिमिका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक रमेश राईले जनाएका छन् । सुन र हिराका गरगहना लगायत कुल १२ लाख ४० हजार रुपैंया बराबरको धनमाल चोरी भएको प्रहरीको भनाइ छ । प्रहरी प्रभाग सानोथिमिका प्रमुख प्रहरी वरिष्ठ नायव निरिक्षक रमेश राईका अनुसार घटनाको थप अनुसन्धान र चोरहरुको खोजी कार्य भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    सँझ्या: साहित्यमा शनिबार सुनिए ३ कवि र एक बोनस कविता

    सँझ्या: साहित्यको नियमित शृङ्खलामा शनिबार तीन कविहरूले आ-आफ्ना कविता सुनाएका छन् । भक्तपुरको नयाँ थिमिस्थित...

    तिथली नगरकोटी धिमेवाजा खल:लाई नेता राणाको आर्थिक सहयोग

    नेपाली कांग्रेसका युवा नेता रवि राणाले धिमेवाजा खल: समितिलाई आर्थिक सहयोग गरेका छन् । सूर्यविनायक-७...

    आजको राशिफल

    आज बि.सं.२०८१ भदौ २२ गते शनिबार ई.सं.२०२४ सेप्टेम्बर ०७ नेपाल सम्बत ११४४ ञंलाथ्व चतुर्थी कालयुक्त...

    पाकिस्तानी शहीदको काठमाडौंमा सम्झना

    पाकिस्तानको रक्षा तथा शहीद दिवसको अवसरमा काठमाडौंमा एक स्वागत समारोह सम्पन्न गरिएको छ । शुक्रबार...

    ख्वप अस्पतालले बीमा बोर्डसँग २० करोड बढी लिन बाँकी, सञ्चालनमा समस्या

    khopa hospital

    भक्तपुर नगरपालिकाको अस्पताल ख्वप: अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको छ । सरकारले स्वास्थ्य बीमाको रकम...