News Portal

  • मिटरब्याजीलाई जोगाउन संसद अवरुद्ध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २० असार २०८०
    ४२५ पटक
    भक्तपुर, २० असार २०८०

    रुपमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा बुधवार संसद अवरुद्ध गरिएको भनिएपनि सारमा मिटरब्याजीलाई जोगाउन संसद अवरुद्ध गरिएको आशंका गरिएको छ ।

    बुधवार प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) ले संसद चल्न दिएन । बुधवारबाटै यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्कृय भएको छ्। बिधायिकाको रुपमा चिनिने प्रतिनिधि सभाको मुख्य काम के हो भन्ने सांसदहरुलाई थाहा नहुने कुरा भएन । तर, बुधवार मिटर ब्याज सम्बन्धी बिधेयक पारित गर्नै पर्ने दिन अनावश्यक विषय निकालेर संसद चल्नै नदिएपछि मितरब्याज पिडितलाई मलहम लगाउने सरकारको काममा समस्या थपिएको छ ।

    ”यसबाट को पिडीत जनताको पक्षमा छ र को बिपक्षमा छ भन्ने स्पष्ट भएको छ ।” सरकारका उपप्रधान एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले भनेका छन् । बुधवार राति सामाजिक संजालमा उनले आफूलाई यसले धेरै आहात पुर्याएको प्रतिक्रिया दिएका छन् । तरपनि सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिने उनले उद्घोष गरेको छन् ।

    ”पिडितलाई न्याय दिने यो अभियान लाई असफल पारियो भनेर पिडक वा तिनका पक्षधरहरुले सोचेका छन भने त्यो ठुलो भ्रम हो । पिडीतलाई न्याय नदिलाई बिश्राम लिईनेछैन ।” उनले लेखेका छन् ।

    पिडितहरुलाई निरास नहुन र सकृयताका साथ यो मुक्ति अभियानमा निरन्तर लागिरहन अपील गर्दै उपप्रधान एवं गृह मन्त्री श्रेष्ठले न्याय र बिजय सुनिश्चित रहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...