News Portal

  • शुक्रवार भक्तपुर अस्पतालको ११९ औं वार्षिकोत्सव : ओपिडी र इमर्जेन्सीको टिकट नि:शुल्क गरिने

    निशा कुस्मा भक्तपुर, २१ असार २०८०
    ४४१ पटक
    dr sumitra gautamभक्तपुर, २१ असार २०८०

    दुधपाटीस्थित भक्तपुर अस्पताल शुक्रवार १ सय १९ वर्ष पार गरी १ सय २० औं वर्षमा प्रवेश गर्दैछ । स्थापना दिवसको अवसरमा अस्पतालले विविध कार्यक्रम तय गरेको छ ।

    वार्षिकोत्सवको अवसरमा सेवाग्राहीका लागि निशुल्क टिकटको व्यवस्था गरिएको मेसु डा सुमित्रा गौतमले जनाएकी छन् । ओपिडी र इमर्जेन्सी दुबैतर्फको टिकट नि:शुल्क गरिएको डा गौतमले जानकारी गराएकी छन् । शुक्रवार पेइङ्ग तर्फ पनि शुल्क नलाग्ने उनको भनाइ छ । अस्पतालमा दैनिक करिब ८ सय नयाँ बिरामी स्वास्थ्य उपचारका लागि आउने गरेका छन् ।

    विक्रम सम्बत १९६१मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट शुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पताल पछिको दोश्रो पुरानो अस्पताल हो । भौतिक पूर्वाधार र मेडिकल सुविधाको हिसावले पछि पारिएको र सरकारी अस्पतालको रुपमा भक्तपुरमा समेत हेपिएको यो अस्पताल प्रदेश सरकार मातहत आएपछि भने ठुलो फड्को मारेको छ ।

    भक्तपुर अस्पतालले स्थापना र संचालनको इतिहासमै पछिल्लो समय ठूलो विकाश गरेको छ । मेसु डा सुमित्रा गौतम नेतृत्वमा आएपछि प्रदेश सरकारको सहयोगमा १ सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसीयु सेवा शुरु गर्न सफल भएको देखिन्छ । आधा दर्जन भेन्टिलेटरसहित आइसीयु सेवा संचालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको छ भने २ दर्जन बेडसहित अस्पतालले एचडीयु सेवा समेत शुरु गरेको छ । त्यतिमात्र होइन, भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरी समेत शुरु भएको छ । ल्याप्रोस्कोपी सर्जरी भनेको दूरबिनबाट गरिने शल्यक्रिया हो । यो सर्जरी शुरु भएसंगै काठमाडौ गएर सर्जरी गर्नुपर्ने दिनको अन्त्य भएको छ ।

    विभिन्न रोगको बिशेषज्ञ चिकित्सक सहित सेवा दिइने यस अस्पतालमा बिर्सने रोग अल्जाइमर्सको नि:शुल्क उपचार हुने गर्दछ । भक्तपुर अस्पतालमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम समेत शुरु भएको छ । मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोग पहिचानका लागि परीक्षण, परामर्श र व्यवस्थापन सम्बन्धी सेवा यहाँ नि:शुल्क प्रदान गरिन्छ । भक्तपुर अस्पतालको सिफारिसमा प्रदेश सरकारले क्यान्सर रोगका बिरामीका लागि रु १ लाख उपचार खर्च प्रदान गर्दै पनि आएको छ । यहाँ जेष्ठ नागरिक, बिपन्न, असक्त र असहायका लागि निशुल्क उपचार र औषधी समेतको व्यवस्था रहेको छ ।

    शुक्रवार स्थापना दिवसको अवसरमा भक्तपुर अस्पतालको अल्पकालीन र दीर्घकालीन बिकास योजना समेत सार्वजनिक गर्ने तयारी रहेको अस्पतालकी मेसु डा गौतम र अध्यक्ष रमण कायस्थले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...

    भक्तपुर एमालेमा २ प्यानल, मतदानबाट नेतृत्व निर्वाचित गरिँदै

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ । सल्लाघारीस्थित...

    भक्तपुर निवासी पौडेल ३८ वर्षमै सहसचिव सिफारिस

    krishna paudel CDO

    बिराटनगर स्थायी ठेगाना भई भक्तपुरको मध्यपुर थिमी-३ निवासी गृह मन्त्रालयका उपसचिव कृष्ण पौडेल निजामती सेवाको...