News Portal

  • सर्वाधिक पुँजीगत बजेट प्रयोग गर्दै काभ्रेस्थित पूर्वाधार विकास कार्यालय सर्वोत्कृष्ट

    मदन ढुंगाना / भक्तपुर पोस्ट भक्तपुर, २७ असार २०८०
    ६८५ पटक
    भक्तपुर, २७ असार २०८०

    तीनै तहका सरकार मध्ये बागमती प्रदेश सरकारले पुजीगत खर्च बढी गर्ने सामर्थ्य देखाएको छ भने बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, काभ्रे सर्वाधिक पूजीगत खर्च गर्ने विकासे अड्डा बन्न पुगेको छ । बागमती प्रदेश सरकारको पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय, काभ्रे सर्वाधिक पुजीगत खर्च गर्ने कार्यालय बन्न सफल भएको हो ।

    पुर्वाधार बिकास कार्यालय काभ्रेले आर्थिक बर्ष ०७९/८० मा आफ्नो बजेटको अधिकतम उपभोग गरेको कोलेनिका काभ्रेले पुष्टि गरेको छ । अघिल्लो वर्ष भन्दा ४० प्रतिसत बढी बजेट उपभोग गर्न कार्यालय सफल भएको हो ।

    आर्थिक बर्ष ०७९/८० मा कुल बजेटको ९३.२२% खर्च गर्दै कार्यालय बागमती प्रदेशको प्रगति विवरणमा पहिलो बनेको कार्यालयका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले बताए । यस आर्थिक बर्ष ०७९/८० मा कार्यालयको कुल बजेट २ अर्ब ७५ करोड १७ लाख ७२ हजार ९ सय ६० मध्ये पुजिगततर्फ २ अर्ब ३८ करोड ११ लाख ६४ हजार ४ सय ९४ र चालुतर्फ १ करोड ९७ लाख ५ सय ४१ गरी कुल बजेटको ९३.२२% खर्च गर्दै कार्यालय बागमती प्रदेशमा प्रगति विवरणमा पहिलो बनेको कार्यालयका लेखा अधिकृत श्रवण कुमार ढुंगानाले जानकारी दिएका हुन् ।                                                             पूर्वाधार बिकास कार्यालय काभ्रेका कार्यालय प्रमुख इन्जिनियर भरत कुमार यादव रहेका छन् । अघिल्लो आर्थिक वर्ष०७८/७९ मा कुल बजेटको ५३.६२% मात्र खर्च गरेको कार्यालयले यादव नेतृत्वमा आएपछि भने प्रदेशको सबै पूर्वाधार बिकास कार्यालयलाई उछिन्दै यस आर्थिक वर्षमा ९३.२२% खर्च गर्न सफल भएको छ ।

    यादव नेतृत्वको पूर्वाधार विकास कार्यालय, काभ्रेले काभ्रेपलाञ्चोक र भक्तपुरका योजनाहरु कार्यान्वयन गर्ने जिम्मा पाएको छ । आफ्नो कार्यालयको टिमवर्क, माथिल्लो निकायको साथ् र निर्माण ब्यावसायी एवं उपभोक्ता समितिहरुको सहयोगका कारण कार्यालयले समयमै काम सम्पन्न गर्न सकेकाले पुजीगत खर्च बढी गर्न सकिएको कार्यालय प्रमुख भरतकुमार यादवले बताएका छन् ।

    भौतिक पुर्वाधार विकास मन्त्रालय मातहतका सबै कार्यालयहरुको यस आर्थिक बर्ष ०७९/८० को औषत कुल खर्च प्रतिशत भने पुजीगततर्फ ७१.३३% र चालुतर्फ ७५.६८% रहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...