News Portal

  • ‘राष्ट्रको लागि २ घण्टा अभियान’ को लोकप्रियता बढ्दै

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असार २०८०
    ३४५ पटक
    भक्तपुर, २९ असार २०८०

    देश बिग्रिएको भन्दै सामाजिक संजालमा उफ्रनेहरु देशको लागि सिन्को समेत भाच्दैनन । नेताहरुलाई गाली गरेरै राष्ट्रवादी बन्ने पछिल्लो ट्रेन्डले राष्ट्रप्रेमलाई नै गिज्याइरहेको देखिन्छ ।

    राष्ट्रको लागि केही काम नगर्ने र गफै गरेको भरमा आफूलाई देशभक्त देखाउन खोज्नेहरुलाई चुनौती दिंदै भक्तपुरबाट भने ‘राष्ट्रको लागि २ घण्टा अभियान’ शुरु भएको छ । आफ्नो निजी जीवनको कम्तिमा २ घण्टा देशको लागि समर्पण गर्ने सोचका साथ् राष्ट्रप्रेमी अभियन्ताहरुले ‘राष्ट्रको लागि २ घण्टा’ अभियान शुरु गरेका हुन् ।

    हप्तामा कम्तिमा दुई घण्टा राष्ट्रको लागि स्वयंसेवा गर्ने उदेश्यले संचालित ‘राष्ट्रको लागि २ घण्टा अभियान’ को लोकप्रियता बिस्तारै बढ्न थालेको छ । सीमित अभियन्ताहरु मिलेर शुरु गरेको यस अभियानमा छोटो समयमा नै धेरै स्वयंसेवकहरु जोडिन थालेका छन् ।

    अभियानले १८ हप्ताको कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न गरेको छ । विशेषगरी सरसफाई र हरियाली प्रवर्द्धनमा स्वयंसेवक भएर राष्ट्रप्रेमी युवा, विद्यार्थी, बुद्धिजीवी र सामजसेवीहरुले अभियानलाई अघि बढाइरहेका अभियन्ता एवं राष्ट्रको लागि २ घण्टा अभियान’ का उपाध्यक्ष नरेश रन्जितले जनाएका छन् । दुई अंक बाट शुरु भएको स्वयंसेवकको संख्या १८ हप्तामा आइपुग्दा ४ अंकमा पुगेको उनको भनाई छ ।

    अभियानकर्मीको सहभागिताले अभियन्ताहरु उत्साहित बनेका छन् । १९ औं हप्तामा अरनिको राजमार्गमा वृक्षारोपण गर्ने बृहत कार्यक्रम आयोजना गरिएको उपाध्यक्ष नरेश रन्जितले बताए । ‘शनिवार बिहान ७ बजे राधेराधे बाट हामी राजमार्गमा वृक्षारोपण कार्यक्रम शुरु गर्छौं ‘ उनले भने । यसले हरियाली प्रवर्द्धन, स्वच्छ वायू र भक्तपुरको सौन्दर्यकरणमा सहयोग पुग्ने अभियानले बिश्वास लिएको उपाध्यक्ष रन्जितले बताएका छन् ।

    ‘राष्ट्रको लागि २ घण्टा अभियान’ शुद्ध सामाजिक अभियान भएको अभियन्ता एवं अध्यक्ष मधु ढुंगेलले प्रष्ट पारे । राजनीतिकर्मीहरू समेत अभियानमा सामेल हुँदा राजनीतिको झोला फ्याकेर बिशुद्ध अभियन्ता बनेर आउनेगरेका उनको जिकिर छ ।

    हुनपनि अभियान शुरु भएदेखि यसमा सक्रिय अभियन्ता निवर्तमान प्रदेश सांसद प्रतिमा श्रेष्ठ त्यसैगरी मध्यपुर थिमीकी निवर्तमान उपमेयर अञ्जनादेवी मधिकर्मी र सूर्यविनायक नगरपालिकाकी निवर्तमान उपमेयर जुना बस्नेत यसको उदाहरण हुन् । फरक राजनीतिक पृष्ठभूमि भएपनि उनीहरु अभियानमा उत्तिकै सक्रिय छन् ।

    अरुको मुख नताकी आफैबाट देशको लागि जे सकिन्छ त्यो गर्ने अभियानकर्मीहरुको उत्साह तारिफयोग्य रहेको बागमती प्रदेश सरकारका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल बताउँछन ।

    राष्ट्रको लागि केही काम गर्नैपर्ने अठोट बोकेको सामाजिक अभियानलाई सबैले सहयोग गर्नुपर्ने उनको बुझाइ छ । यसै अभियानको माग बमोजिक बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा गणेशमान सरसफाई कार्यक्रम समेटिएको समेत उनले खुलासा गरे ।

    गरे के सकिदैन, शुरु भएको १८ हप्तामै यस अभियानले अरनिको राजमार्ग लगायत वरपरको फोहोर सफा गरी सरसफाईमा जोड दिएको छ । राजमार्गले शहरको परिचय दिने भएकाले सभ्य र सुन्दर भक्तपुरको चित्र देशबासीलाई दिन अभियान सक्रियतापूर्वक लागेकै छ । त्यतिमात्र होइन, प्रदेश सरकार र स्थानीय सरकारलाई सरसफाई नीति र कार्यक्रम बनाउन पनि यस अभियानले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्षम देखिएको छ । यस्तै सक्रिय अभियान सबैतिर शुरु भए देश बन्न बेर लाग्ने छैन भन्ने संदेश समेत राष्ट्रको लागि २ घण्टा’ अभियानले प्रवाह गर्न सफल भएको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...