News Portal

  • ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान शुरु हुने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० असार २०८०
    ९१६ पटक
    भक्तपुर, ३० असार २०८०

    भक्तपुरको चाँगुनारायणमा चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान शुरु हुने भएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बीच बिहान ११ बजे तपा दम्फो (हेल्मेट डाडा)मा अभियान शुभारम्भ हुने भएको हो ।

    अभियानले चाँगुनारायण नगरभित्र प्रत्येक घरपरिवारलाई एभोकाडो फलको बिरुवा लगाउन प्रेरित गर्ने र प्रति घर २ वटा बिरुवा समेत नि:शुल्क प्रदान गर्ने लक्ष लिएको अभियानका संयोजक नरेश खड्काले जनाएका छन् । ‘यस अभियानलाई ३ वर्ष सम्म संचालन गरी चाँगुनारायण सिटीलाई एवोकाडो सिटीको पहिचान दिने हाम्रो प्रयास रहनेछ ।’ संयोजक खड्काले भने ।

    यस अभियानका परिकल्पनाकार भने बागमती प्रदेश सरकारको मूख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं बौद्धिक नेता डिपी ढकाल रहेका संयोजक खड्काले बताए । अर्थशास्त्रका ज्ञाता समेत रहेका ढकालले चाँगुनारायणका स्थानीयको आय आर्जन बढाउँन यस्तो योजना अघि सारेपछि यसलाई अभियानकै रुपमा संचालन गर्न लागिएको उनले बताए । अर्थ राजनीतिका पुस्तक समेत लेखेका नेता ढकाल अभियानको मुख्य संरक्षक रहने बताइएको छ ।

    नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य समेत रहेका नेता ढकालले अभियान कुनै एक राजनीतिक पार्टीको मात्र पूँजी नहुने बताए । आफू राजनीतिकर्मीका अलावा चाँगुनारायणबासी पनि भएको भन्दै उनले अभियान जनस्तरमा सबै स्थानीयको सहभागिता र पहुँचमा संचालन हुने विश्वास व्यक्त गरेका छन् ।

    के हो एभोकाडो
    नेपालमा सोखले रोपिने एभोकाडो एक मीठो र महँगो घिउफल हो । केही वर्ष यता यसलाई व्यवसायिक रुपले रोपिने क्रम बढ्न थालेको छ ।

    प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने एभोकाडोको माग नेपालमा बढ्दै गएको छ भने विदेश समेत निर्यात गर्न सकिने भएकोले बजार नपाउने समस्या छैन । एभोकाडोको एउटा बोटले तीन क्विन्टलसम्म फल दिने र वार्षिक पचास हजार सम्म आम्दानी हुने बताइन्छ ।

    एभोकाडोको बोट मद्यम उचाइको हुने र सदाबहार हरियो रहने हुँदा यसले घर र शहरको सौन्दर्य बढाउँन, स्वच्छ वायु प्रवाह गर्न र वातावरण जोगाउन समेत मद्दत गर्दछ ।

    प्रतिकृया दिनुहोस्

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...