News Portal

  • अनुदान बढाउँन र जिल्ला समन्वय समिति खारेज गर्न नगर प्रमुख प्रजापतिको माग

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ८ साउन २०८०
    ४९७ पटक
    sunil prajapati sunilभक्तपुर, ८ साउन २०८०

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ र प्रदेशले समानीकरण अनुदानलाई बढाउँदै सशर्त बजेट घटाउँदै लानुपर्नेमा जोड दिएका छन् । अनुदान घटाउँदै सशर्त बजेट बढाउँदै लानु स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरणबिरुद्ध भएको भन्दै उनले सोकुरामा जोड दिएका हुन् ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले आयोजना गरेको समानीकरण अनुदान कार्यसम्पादन सूचकबारेको छलफल कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले स्थानीय तहलाई बलियो बनाउने हो भने अनुदानलाई बढाउनुपर्ने प्रष्ट पारे । संघले पक्षपात, पूर्वाग्राही सोच राखेर भक्तपुर नपालाई ऐन र कानुनअनुसार पठाउनुपर्ने बजेट समेत नपठाई अन्याय गरेको उनले गुनासो गरेका छन्  ।

    स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उनले पहुँच र चाकडीकै भरमा बजेट विनियोजन हुनु न्यायोचित नभएको बताए । जिल्ला समन्वय समितिको औचित्यतामाथि व्यापक प्रश्न उठिरहेको जिकिर गर्दै उनले यसलाई खारेज गर्नुपर्ने बिचार व्यक्त गरेका थिए ।

    राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगका मा. सदस्य अमरराज मिश्रले संविधानविपरीत स्थानीय तहको समानीकरण बजेट कटौती भएको स्वीकार्दै समानीकरण अनुदान कार्यसम्पादन सूचकबारे स्थानीय तह आफै सजग हुनुपर्ने बताएका थिए ।

    नेपाल नगरपालिका संघका महासचिव एवम् घोराही नगरपालिकाका प्रमुख नरुलाल चौधरी, दमक नपाका रामकुमार थापा, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष, कालिका नपाका प्रमुख विनोद रेग्मी, धुनीबेसी नपा प्रमुख बालकृष्ण आचार्यलगायतले आआफ्नो बिचार व्यक्त गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    एमाले भक्तपुरमा नयाँ नेतृत्व चयनको सरगर्मी शुरु

    नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) अर्थात नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीमा नयाँ नेतृत्व चयनको सरगर्मी...

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित) 

    सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त...

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...