News Portal

  • भक्तपुर नगरपालिकामा कक्षा ११ को छात्रवृत्ति छनोट परीक्षा शनिबार

    केतिक्षा बस्नेत भक्तपुर, ९ साउन २०८०
    ५३१ पटक
    भक्तपुर, ९ साउन २०८०

    कक्षा ११ मा छात्रवृत्तिका लागि भक्तपुर नगरपालिकाले विद्यार्थीको परीक्षा मिति तय गरेको छ । छात्रवृत्तिका लागि साउन १३ गते शनिबार परीक्षा हुने भएको हो ।

    भक्तपुरको देकोचास्थित ख्वप माध्यमिक विद्यालयमा बिहान ८ बजे छात्रवृत्ति छनोट परीक्षा सञ्चालन गरिने नगरपालिकाको शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले बताएका हुन् । भक्तपुर नगरपालिकाको छात्रवृत्ति छनोट परीक्षामा विज्ञान विषयमा ३ सय ७० जना, व्यवस्थापनमा ३ सय १५, मानविकीमा १३, शिक्षामा १९ र कानुनमा २६ गरी कूल ७ सय ४३ जना विद्यार्थीले आवेदन दिएका कर्माचार्यले जानकारी दिए ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित माध्यमिक विद्यालयमा छात्रवृत्तिलाई आवश्यक वर्गको पहुँचमा पुर्याउनपर्नेमा जोड दिएका छन् । हुनेखाने र टाठाबाठाबाट छात्रवृत्तिको दुरुपयोग नहुन दिन शिक्षा शाखालाई उनले सचेत गराएका छन् । प्रमुख प्रजापतिले निजी र सामुदायिक दुबैतर्फका विद्यालयका प्रधानाध्यापकहरुलाई बोलाएर छात्रवृत्तिका लागि सिफारिस गरिने विद्यार्थीहरुलाई बिना भेदभाव अध्यापन गर्न/गराउन निर्देशन समेत दिएका छन् ।

    नियमानुसार विद्यालयले कुल विद्यार्थी संख्याको १० प्रतिसत छात्रवृत्ति प्रदान गर्नु अनिवार्य रहेको छ । कतिपय विषयमा आवश्यक भन्दा कम आवेदन परेका छन् । भक्तपुरमा छात्रवृत्तिका लागि आवेदन दिनेको संख्या तुलनात्मकरुपले कम रहेको देखिन्छ । वडाले गलत सिफारिस नगर्दा आवेदक कम भएका नगरपालिकाले जिकिर गरेको छ ।आवेदक कम भएपनि विद्यालयले नियमानुसार दिनुपर्ने छात्रवृत्ति भर्ना भए मध्येका गरिब तथा जेहेन्दार विद्यार्थी हेरेर दिनुपर्नेमा कडाइ गरिएको नगरपालिकाले जनाएको छ ।

    तस्विर : सांकेतिक

    प्रतिकृया दिनुहोस्

    अनेसास केन्द्रीय कार्य समितिले पायो पूर्णता, सम्पादक समेत नियुक्त

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिले विभिन्न पदाधिकारीहरूको मनोनयन गरेको छ । अध्यक्ष सर्वज्ञ...

    शहिद परिवारबाट दीप प्रज्जलन गरी मध्यपुरमा मनाइयो संविधान दिवस

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपुर थिमिमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ...

    माओवादी नभएको भए वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन : बिडारी

    संविधान सभा सदस्य रामनारायण बिडारीले माओवादी जनयुद्धकै कारण वर्तमान संविधान बनेको र संघीय लोकतान्त्रिक गणतन्त्र...

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...